पेखरा । पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित महाआरती गरिएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।
हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।
महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गरे ।
कार्यक्रममा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवं महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल लगायतले बोलेका थिए ।
महाआरती अन्तर्गत ३ वटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्न सक्ने व्यवस्था छ । महाआरती प्रत्येक एकादशीमा साँझ ५ः३० बजे हुनेछ ।
Related News
सम्बन्धित समाचार
मानव मिलनको टोली भारत प्रस्थान
पोखरामा पनि कोटीहोम हुने
श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन समापन
विश्व हिन्दूको श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन
राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन
hero news full width
मुख्य समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१