चण्डी मन्दिरमा नवदुर्गा पूजा

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८१
chandi photo

पोखरा । पोखरा ९, दरबारथोकस्थित ऐतिहासिक चण्डी मन्दिरमा यसपालि पनि नवदुर्गा पूजा तथा चण्डीपाठ हुने भएको छ ।

नवदुर्गा पूजा तथा चण्डीपाठ–२०८१ आयोजक समिति संयोजक विमला रानाभाटका अनुसार यही १८–२५ असोजमा दुर्गापूजा तथा चण्डीपाठ हुनेछ । पहिला दिन समुद्घाटन तथा पूजा शुभारम्भ, दैनिक बिहान ७ बजे चण्डीपाठ, हरेक दिन साँझ ६ बजे सन्ध्याकालीन आरति, २४ गते फूलपाती भित्र्याउने एवं साँझ देवीको तेस्रोनेत्र दर्शन, २५ गते पूजा समापन हुनेछ । साथै १ कात्तिकमा सेतीगंगा किनारमा पूजा बिर्सजन गरिने कार्यक्रम रहेको चण्डीमाई सेवा समिति अध्यक्ष तेजबहादुर भुजेलले बताए ।

चण्डीमाई सेवा समितिको भेलाले चण्डीका आमा समूह पूर्व अध्यक्ष विमला रानाभाटको संयोजकत्वमा आयोजक समिति गठन गरेको हो । प्रचारप्रसार जिम्मा दरबारथोक मिडियाका कृष्ण रानाभाट दिइएको आयोजक समिति सचिव सम्झना रानाभाटले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width