पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी सम्मान प्रदान गरेको छ ।
संघको शुक्रबारदेखि सुरु ७० औं साधारण सभा तथा ३५ औं महाअधिवेशन उद्घाटन समारोहमा उनीहरुलाई उक्त सम्मान प्रदान गरिएको हो । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले माला, दोसल्ला, पुष्पगुच्छा र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
उक्त सम्मान सुजल डेरीका तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले अवार्ड ग्रहण गरे । यस्तै, सेलवेज डिपार्टमेन्टलका अध्यक्ष सुशीलमान प्रधानाङ्गले ग्रहण गरे ।
सुजल र सेलवेज पोखराका पुराना व्यापारिक संस्था हुन् । सेलवेजका संस्थापक सर्वज्ञमान प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेको सुशीलले बताए ।
पोखरामा स्थापित विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुमध्ये उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक एक प्रतिष्ठानलाई सो अवार्ड प्रदान गरिंदै आएको जनाइएको छ । अवार्ड वितरण सत्रलाई पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदासले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१