विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
bisho hindu mahasang progrem photo
पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
उपाध्यक्ष (महिला) शकुन्तला कोइराला (कास्की), उपाध्यक्ष पं.केदारनाथ पौड्याल (पर्वत), सचिव डिल्लीराम भट्टराई (कास्की) सहसचिवद्वयमा ज्यो.हरिश्चन्द्र भण्डारी (कास्की), देवेन्द्रप्रसाद शर्मा (नवलपुर), कोषाध्यक्ष लेखनाथ तिवारी (नवलपुर), सहकोषाध्यक्षद्वय ज्ञानुकुमारी शर्मा (पर्वत) र गोविन्दप्रसाद पंगेनी (स्याङ्जा) छन् ।
सदस्यहरूमा योगप्रसाद शर्मा (नवलपुर), भरतबहादुर कुँवर (कास्की), जगत सापकोटा (पर्वत), युवनाथ गौडेल (पर्वत), सम्झना लगुन (नवलपुर), राधिका रोका क्षत्री (पर्वत), सरस्वती पौडेल (तनहुँ), खगराज शर्मा (म्याग्दी), मुकुन्दप्रसाद पौडेल (म्याग्दी), भीमकुमारी भण्डारी (म्याग्दी), सीताराम अधिकारी (स्याङ्जा) चयन भए ।
यस्तै, खगराज भट्टराई (स्याङ्जा), रामप्रसाद पण्डित (लमजुङ), जमुना केसी (स्याङ्जा), अमृता घिमिरे (लमजुङ), सूर्यप्रसाद घिमिरे (लमजुङ), सोमराज बराल (लमजुङ), रामजीप्रसाद बराल (कास्की), शिव बराल (कास्की), पशुपति घिमिरे (लमजुङ), नेत्रबहादुर गरन्जा (गोरखा), सम्झना लामिछाने (गोरखा), उदय भट्ट (गोरखा), गीता कँडेल (बागलुङ), नरबहादुर किसान (बाग्लुङ) र राधादेवी गौतम (कास्की) सदस्य चयन भए ।
अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री शंकर भण्डारीले संविधानबाट धर्म निरपेक्षता हटाई नेपाललाई हिन्दुराष्ट्र कायम गरेमात्रै मुलुकमा शान्ति, स्थिरता तथा सु–व्यवस्था कायम रहने विश्वास व्यक्त गर्दै त्यसतर्फ गहन ढंगबाट प्रयास हुनुपर्ने औंल्याए ।
महासंघका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारी, सांसद टकराज गुरुङ, पूर्व सांसद शंकर पाण्डे, व्यास आश्रमका पीठाधीश दामोदर बाबा, वरिष्ठ उपाध्यक्ष शंकर खराल, केन्द्रीय समितिका पदाधिकारी, जिल्ला अध्यक्षहरूलगायतले पनि धारणा राखे । उनीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै त्यसबाट नै समग्र नेपालीको भनाइ हुने स्पष्ट पारे ।
शुक्रबार तथा शनिबार लमजुङको बेंसीसहरमा भएको कार्यक्रममा प्रदेश स्थित जिल्ला अध्यक्षहरूले जिल्लाको वर्तमान अवस्थाबारे प्रकाश पारे । त्यस्तै लमजुङ तथा कास्कीका विभिन्न झाँकी पनि प्रदर्शन गरिएको थियो ।
केन्द्रीय उपाध्यक्षसमेत रहेका पदेन प्रदेश प्रमुख मुक्तिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ सभापति शालिकग्राम अधिकारीले स्वागत तथा केन्द्रीय महासचिव रामचन्द्र तिवारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width