भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
gorkha temple

गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरुपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो ।

मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’सँग ठेक्का सम्झौता गरेको थियो । “पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरुप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ”, संयोजक खनालले भन्नुभयो ।

अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । “पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ”, उहाँले भन्नुभयो ।

संरक्षण समितिले चन्दा सङ्कलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    दमौली । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ ।…
  • ओम सिद्धेश्वरको साधारणसभा

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ शान्तिपथस्थित ओम सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको पाचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भयो…
  • ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता जेठ १०, २०८१
    नवलपुर । २५६८ औं बुद्ध जयन्तीको अवसरमा गैंडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला कार्यशाला, प्रदर्शनी एवं कला संवाद भएको छ…
  • बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको…
  • पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    पोखरा । पोखरामा वि.सं २०१० को दशकदेखि ‘बुद्ध जयन्ती’ मनाउन थालियो । २०५० सालसम्ममा पोखरामा बौद्धमार्गीहरूको संख्या बाक्लियो । उनीहरूले…

hero news full width

trending post

ट्रेन्डिङ्ग