पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो ।
लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त ग¥यो ।
यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पा¥यो ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए ।
प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । गत १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
वाइवाई यु–१९ क्रिकेट सुरु, विन्ध्यवासिनी र वाराहीको जित
फिस्टेल एसइई कपमा क्वाटरफाइनल सकियो
थापालाई जिल्ला खेलकुद विकास समितिमा नि. अध्यक्षको जिम्मेवारी
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
सहारा एकेडेमीमा टिकर्ट सहयोग
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
जेठ ८, २०८१कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१