हेमजा । पोखरामा एकै मञ्चमा विभिन्न ७ मातृभाषामा कविता गुञ्जिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारी गण्डकी प्रज्ञा प्रतिष्ठानले मंगलबार कवितावाचन कार्यक्रम गरेकोमा स्रष्टाले ७ भाषामा कविता सुनाएका हुन् ।
त्यस अवसरमा जगन्नाथ रेग्मीले संस्कृत, छवि सुवेदीले भोटे, ज्योति भट्टचनले थकाली, मधुसुदन जोशीले नेवारी र जसमाया गुरुङले गुरुङ भाषामा कविता वाचन गरेका हुन् ।
स्रष्टा यमबहादुर थापा, फूलकुमारी थापा र रुद्रश्रीष मगरले मगर भाषा साथै नेपाली भाषामा भीम रानाभाट, विष्णुप्रसाद बास्तोला, कल्याण पन्त र छविलाल आचार्यले कविता सुनाए । कवितामार्फत् स्रष्टाहरुले देशप्रेमको भावना व्यक्त गर्नुका साथै माया, प्रेमका पक्षहरु पनि उजागर गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, विन्ध्वासिनी संस्कृत विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मी, भाषाविद् डा.यमनाथ तिमिल्सिनालगायतले मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्नुपर्ने भन्दै यसलाई बचाइराख्न पुस्तान्तरण आवश्यक भएको उल्लेख गरे ।
नेपाल बहुभाषिक देश हो । यहाँ १ सय २३ भन्दा बढी मातृभाषा अस्तित्वमा छन् । नेपाली राष्ट्रभाषा भए पनि यहाँ विभिन्न जातजाति, भाषाभाषीका आफ्नै मातृभाषाहरु छन् ।
मातृभाषालाई बचाइराख्न र पुस्तान्तरण गर्न भने ठूलै समस्या देखिँदै आएको छ । विद्यालय शिक्षामा औपचारिक भाषा राष्ट्रभाषा हँुदा धेरै बालबालिकाहरुमा सिकाइ उपलब्धिसमेत कमजोर देखिएको छ ।
गण्डकीमा विशेष गरी नेपाली, मगर, थारू, गुरुङ, कुमाल, दरै, घले, थकाली, ल्योपा, छन्त्याल, भुजेल, बोटे, दुरा, तिब्बती, मुसलमान, बराम, मनाङे, लमजुङ ह्योल्मोलगायत भाषा बोल्ने गरिन्छ ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रम प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१