पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको प्रमुखमा मनोनयन दिएका कृष्ण थापा र उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले शुक्रबारदेखि चुनावी प्रचार अभियान थालेका छन् ।
पोखरा १६ निवासी प्रमुखका उम्मेदवार थापाले आफ्नै वडाबाट चुनावी प्रचार अभियान थालेका हुन् । जोगीमणिमा घरदैलोसहित कोणसभामा थापाले निर्वाचित भएपछि ५ वर्ष पोखरेली जनाताको सेवा गर्ने र फेरि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरे ।
‘हामी पार्टीको बफादार सिपाही हो, पार्टीले देश र जनताको लागि मर्न तयार हुनु पर्दछ भन्यो भने पनि तयार हुनु पर्दछ,’ उनले भने,‘ विषम परिस्थितिमा पार्टीले प्रमखको उम्मेदवार बनाएको छ, त्यसैले यो मेरो अन्तिम चुनाव हो, फेरि चुनाव लड्दिनँ ।’ स्थानीय तह चुनावमा आफूहरु जनताको प्रतिनिधि पात्रको रुपमा उम्मेदवार भएको थापाको भनाइ छ ।
२०५४ सालमै तत्कालीन पोखरा उपमहानगरपालिका प्रमुख थापाले नेपालमा बहुदलीय व्यवस्था स्थापानापछि बितेको ५ वर्षमा सबैभन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको र यसको नेतृत्व एमालेले गरेको बताए ।
२०७४ को निर्वाचिनमा पोखरामा निर्वाचित प्रमुख मानबहादुर जिसीसहितको टिमले संघीयता कार्यान्वयनको जग बलियो बनाएको थापाले बताए । ‘संघीयताको जग बसेको छ,’ थापाले भने,‘त्यही जगमा टेकेर समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी काम गर्नेछु ।’
उनले मेयरमा निर्वाचित भएपछि पाउने सेवा, सुविधा सामाजिक कार्यमा खर्च गर्ने उद्घोष गरे ।
उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले ५ वर्षमा पोखरामा जनप्रतिनिधिले गरेको विकास निर्माण घामझै छर्लङ्ग भएको बताइन् । उनले ५ वर्षमा जनताले महसुस गर्ने र देखिने गरी विकास निर्माण भएको दाबी गरिन् । विकास निर्माणसँगै पोखरालाई समृद्ध बनाउन एमालेकै नेतृत्व आवश्यक छ,’ उनले भनिन् ।
एमालेबाट पोखरा १६ का अध्यक्षका उम्मेदवार राजेश गुरुङले एमालेको नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । वडाध्यक्ष जीवन आचार्यले अहिलेको चुनाव विकासप्रेमी र विकास विरोधी बीचको चुनाव भएको बताए । जनताले विकास प्रेमी एमालेका उम्मेदवारलाई विजय गराउनेमा आफू विस्वस्त रहेको आचार्यको भनाइ छ ।
वडा १६ चुनाव परिचालन कमिटी संयोजक विनोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव यमनकाजी गुरुङले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । कार्यक्रममा कलाकार पदमराज ढकाल, जीवन दाहाल, शिवहरि ढुंगाना, रतिमाया खड्का, लक्ष्मी नेपाली, माया गिरी, बुद्धि खनाल र शीतला अधिकारीले गीत प्रस्तुत गर्दै उम्मेदवारको पक्षमा भोट मागेका थिए । उम्मेदवारले पोखरा १६, १ र २५ नम्बर वडामा घरदैलोसहित चुनाव प्रचार कार्यक्रम गरेका छन् ।
Related News
सम्बन्धित समाचार
महिला उत्थानमा सीप विकासका ४७ वर्ष
संघ सरकारको दबदबा कायमै : रोशन गाहा
‘बजेट खर्च बढाउन ऐन संशोधन’
संघीयताको जग बनेको रहेनछ : पञ्चराम
सिस्टमको विकास गर्दैछौं : हरिबहादुर चुमान
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१