रामकली खड्का
पोखरा हस्तकलाका माध्यमबाट विगत ४७ वर्षदेखि नारी उत्थानमा योगदान पुर्याउँदै आएको महिला सीप विकास संस्थाले यही फागुन २४ गते नारी दिवसका अवसरमा पोखरा सभागृहमा हस्तकला मेला आयोजना गर्ने भएको छ ।
हस्तकला मेलामा महिलासँग सम्बन्धित उक्त संस्थामार्फत् उत्पादित विभिन्न हस्तकलाका सामानको प्रदर्शनी हुने संस्थाकी संस्थापक एवं कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । सभागृहको बाहिरी लवीमा नेचुरल कलरको कार्पेटको साथै करिब १५ वटा टेबुलमा हस्तकला सामानको प्रदर्शनी गर्ने तयारी छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा न्यूनतम एक हजार जना दिदीबहिनी दाजु भाइ जुटाई भव्य कार्यक्रम गर्ने लक्ष्य लिइएको उनले सुनाइन् । सो अवसरमा केही महिला उद्यमी, सञ्चारकर्मी र संस्थाका कर्मचारीहरुलाई सम्मान तथा पुरुस्कार प्रदान गरिने छ भने दिदी बहिनीहरु बिच सांस्कृतिक कार्यक्रम संचालन एवं हस्तकला प्रर्दशनी हुनेछ । संस्था बाहिरका दुई पुरुष र दुई महिला तथा संस्था भित्रका विभिन्न क्षेत्रमा काम गर्ने १० जनालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
यो संस्थाले हाल सम्म करिब २१ हजार महिला दिदी बहिनीहरुलाई तालिम प्रदान गरी सकेको र कोभिड पहिला संस्थामा करिब छ सय जना र हाल तीन सय ५० जना महिला उद्यमीहरु आवद्ध रहेको जानकारी पनि कार्यकारी निर्देशक खड्काले दिइन् । महिला उत्थानका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउँदै उनले विभिन्न अवस्थाका महिलाहरुको दुःख देखेर आफू झण्डै आधा शताब्दी अघि यो क्षेत्रमा लागेको उनले बताइन् ।
२०३२ सालमा स्थापना भई गरिब, पिछडिएका, अपाङ्ग, एकल, द्वन्द्व पीडित, उत्पिडित महिलाहरुका लागि लामाछोटा सिपमूलक तालिम संस्थाले प्रदान गर्दै आएको छ । स्वरोजगार मार्फत समाजमा सम्मानित जीवनयापन गर्न सशक्तिकरण गराउने कार्यमा यो संस्था जुटिरहेको छ । यो संस्था स्वच्छ व्यवसाय समूह नेपालको संस्थापक सदस्य र सन् २००२ देखि विश्व स्वच्छ व्यवसाय संस्थाको सदस्य रही आएको छ । गैर सरकारी संस्था महासंघ, वल्र्ड फेयर ट्र्ेड एसिया, होमनेट साउथ एसिया, नेपाल हस्तकला महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, पोखरा उद्योग वाणिज्य संघ, कास्की पोखरा हस्तकला संघ लगायत विभिन्न छाता संघ संस्थामा पनि आवद्ध रहेको छ । संस्थाले तालिम र आयमुलक कार्यक्रमलाई जोड दिएको छ ।
समाजका उपेक्षित, अपहेलित र न्यून आय भएका महिलालाई बुनाई, सिलाई सम्बन्धि विभिन्न हस्तकला तालिम दिने, तालिम प्राप्त गर्ने महिलाहरुलाई संस्थामा नै रोजगारी प्रदान गर्ने तथा हस्तकला सामान उत्पादन गरी विक्री वितरण गर्ने उद्धेश्य संस्थाको रहेको छ । तालिम प्राप्त प्रशिक्षार्थीलाई व्यावसायिक क्षेत्रमा उतारी आयमूलक कार्यतर्फ अभिप्रेरित गराई स्थानान्तरण एवं आत्मनिर्भर हुन सहयोग पुर्याउने र सीप विकास मार्फत महिलाहरुको आर्थिक उत्थान गर्ने उद्धेश्य पनि संस्थाले लिएको छ ।
संस्थाको पोखरा ८ सिमलचौर, चौतारी मार्गमा करिब ३ रोपनी भाडाको जग्गामा मुख्य कार्यालय संचालित छ भने पोखरा १३ बाझापाटन, पोखरा १९ माथिल्लो लामाचौर, पोखरा २७ रिठेपानि र पोखरा ३० गगनगौडामा फिल्ड कार्यालय संचालित रहेका छन् । तर हाल सबै शाखा संचालित हुन सकेका छैनन् । यो संस्थामा ९ सदस्यीय कार्यसमिति छ जसको अध्यक्ष श्रीमती देवि गुरुङ्ग रहेकी छन् ।
संस्था भित्र पोखरा ओमेन स्किल डेभलपमेन्ट कम्पनी तथा महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था पनि संचालित छन् । सहकारीले दिदी बहिनीहरुको सानो तिनो बचत संकलन गरी सुख दःुखमा उनीहरुलाई नै कर्जा लगानी गर्ने गर्दछ । यसमा चार सय २३ सदस्य आवद्ध छन् ।
संस्थाले काँचो धागो खरिद गरी आफै नेचुरल तथा केमिकल डाइङ्ग गरी सुकाई हाते तान बुनाई पश्चात विभिन्न प्रकारको झोला, पर्स, गुडिया र घर कोठा सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोष्टाबाट फूल, गुडिया लगायतका अनेअनेकौं सामानहरु उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत बिदेशी बजारमा निर्यात गर्दछ भने २० प्रतिशत सामान पोखरा तथा पर्यटकीय क्षेत्रमा विभिन्न शो रुमबाट विक्रीवितरण हुने गरेको छ । संस्थाले हस्तकला सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याई देशको अर्थतन्त्रमा योगदान पु¥याएको छ । संस्थाका उत्पादनहरु पर्यटकहरु बिच लोकप्रिय छन् । संस्था भित्र आफ्नो शोरुम समेत रहेको छ । इच्छुक स्वदेशी विदेशिहरुलाई सधै निःशुल्क भ्रमणका लागि खुल्ला राखिने गरेको छ ।
संस्थाका उत्पादनहरु खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया, जापान लगायत विभिन्न देशमा अधिक निर्यात हुने गरेको र संस्थालाई नेपाल सरकार तथा अन्य विदेशी संघ संस्थाबाट कुनै प्रकारका सहयोग प्राप्त नभएको र केबल शुद्ध स्वआर्जनबाट संचालित एक नमुना संस्था भएको कार्यकारी निर्देशक खड्काले जानकारी दिइन् । स्वच्छ व्यवसाय नेपालमा आवद्ध रहेको कारण संस्थाका उत्पादनहरु यथार्थ लागतमा आधारित भै न्यूनतम संचालन खर्च राखेर मुल्य कायम गरिन्छ भने फेयर ट्रेड ग्रुपका १० सिद्धान्तहरुको पूर्ण कार्यान्वयन गरिने संस्थाले जनाएको छ ।
यो संस्था पोखरा उद्योग वाणिज्य संघमा वि.स.२०४९ देखि आवद्ध भै विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाई आफ्नो पहिचान कायम गरेको छ भने कास्की पोखरा हस्तकला संघमा समेत आफ्नो पहिचान एवं संगठित रहेको छ । आफ्ना सबै प्रकारको काम कार्य र आर्थिक हिसाबलाई व्यवसायी बिच पारदर्शिता कायम गर्ने गरेको संस्थाले नियमित साधारण सभा तथा अधिवेशन पनि गर्दै आएको छ ।
संस्थामा आवद्ध दिदी बहिनीहरुलाई विभिन्न प्रकारका कार्यक्रम मार्फत उत्साह तथा उत्प्रेरणा प्रदान गर्न अवलोकन भ्रमण, वनभोज, तीज, दशंै लगायतका विभिन्न पर्वहरुमा शुभकामना आदान प्रदान एवं भोज कार्यक्रम संचालन गर्ने गरिएको छ । विगतमा यस संस्थामा विभिन्न अन्तर्राष्ट्रिय निकाय भीएसओ, पीआईईसीई, सीओआरई, कोइका, जाइका र सीईसीआईका स्वयंसेवकले सेवा प्रदान गरेका छन् । संस्थाले आफ्नो शाखा कार्यालय पोखरा २७ मा शिशु स्याहार केन्द्र पनि संचालन गरेको छ ।
संस्थामा आवद्ध दिदी बहिनीहरुको नानी बाबुहरुलाई शिक्षा आर्जनका लागि समय समयमा नगद तथा जिन्सी, छात्रवृत्ति प्रदान गर्दै प्रोत्साहन गर्ने गरिएको छ भने दिदी बहिनीहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने गरेको छ । संस्थाले विश्वव्यापी कोभिड माहामारी तथा अन्य प्रकोपको बेलामा संस्थामा आवद्ध दिदी बहिनीहरु तथा शारिरीक रुपमा अशक्तहरुलाई खाद्यान्न तथा नगद राहत प्रदान गर्ने गरेको छ ।
Related News
सम्बन्धित समाचार
संघ सरकारको दबदबा कायमै : रोशन गाहा
‘बजेट खर्च बढाउन ऐन संशोधन’
संघीयताको जग बनेको रहेनछ : पञ्चराम
सिस्टमको विकास गर्दैछौं : हरिबहादुर चुमान
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०