साहित्यकार डा बानिरा गिरीको निधन

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
banira giri

पाेखरा ।  साहित्यकार डा बानिरा गिरीको निधन भएको छ। कवि एवं लेखिका गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरीको हृदयाघातका कारण निधन भएको बताइएको छ।

२० दिनअघि उनलाई कोरोना पनि देखिएको थियो। हृदयाघातपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए। उनी अल्जाइमर्स पीडित थिइन्।

डा गिरीलाई विद्यावारिधि गर्ने पहिलो नेपाली महिला हुन् । उनका विभिन्न कविता संग्रह, उपन्यास, निबन्धलगायत प्रकाशित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width