प्रदेश प्रमुख शेरचनद्वारा माघे स‌ंक्रान्तिको शुभकामना

रासस
माघ १, २०७७
Amik-Sherchan

पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमंगका साथ विभिन्न समुदायले मनाउने माघे स‌ंक्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले मगर समुदायका माघे सङ्क्रान्ति, थारू समुदायका माघी, गुरुङ समुदायका माङी ल्हें, छन्त्याल समुदायका छार म्हेङ, तीन गाउँले थकाली समुदायका नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङल्हो) का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“नेपाल सरकारले माघे स‌ंक्रान्तिलाई औपचारिकरूपमा मगर तथा थारू समुदायको राष्ट्रिय पर्वको मान्यता दिएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यसलाई मुलुकका प्रायः सबै समुदायले धुमधामका साथ परम्परागतदेखि नै मनाउँदै आएको पाइएको छ ।”

विभिन्न समुदायमा यसलाई फरक–फरक नामले पुकारिए पनि समग्रमा माघे सङ्क्रान्ति पर्व जाडोको अन्त्य हुने र न्यानोको आगमन हुने दिन भएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ “ पूर्वजहरु कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा पुसमा पकाएर माघमा खाने तरुल, सखरखण्ड आदि फलहरु खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे स‌ंक्रान्ति पर्वको नेपाली समुदायमा अत्यन्त ठूलो महिमा छ भन्ने प्रमाणित हुन्छ । ”

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width