भारतले माफी माग्नुपर्दछ

सम्पादक
फागुन २९, २०७३

१. नेपालमाथि भारतले महिनौं एकतर्फी रूपमा लगाएको नाकाबन्दीले नेपाल-भारतको सम्बन्धमा उत्पन्न तनाव क्रमशः सेलाउँदै गएको अवस्थामा बिहीबार कञ्चनपुरमा भएको घटनाले केही असहज बनाएको छ। कञ्चनपुरमा कर्ल्भर्टको विषयमा साधारण विवाद भएको बेला भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले गोली चलाउँदा ३२ वर्षीय नेपाली गोविन्द गौतमको निधन भएको छ।

२. भारतका सीमा सुरक्षा बलका सैनिकहरूले नेपाली भू-भागमा आएर बारबार धम्काउने र कुटपीट गर्दै आएका घटना धेरै छन्। उनीहरूको हेपाहा प्रवृत्तिले सीमामा बस्ने नेपालीहरू धेरै प्रताडित भएका छन्। यसपटक नेपालीहरु एकत्रित भएर उनीहरूको मुकाविला के गरेका थिए कि उनीहरूले गोली नै चलाए।

३. बिहीबारका दिनमात्र होइन, शुक्रबारका दिनमा पनि उनीहरूले गोली चलाएर सीमावर्ती क्षेत्र आनन्द वनमा त्रासको वातावरण उत्पन्न गरेका छन्, आनन्दवनका नेपालीहरू एकतावद्ध भएर रहेका छन् र परिआएमा सबै एक साथ अघि बढ्न तैयार छन्। शहीद गोविन्द गौतमको रगतले उनीहरूमा राष्ट्र र राष्ट्रियताको भावना अरू बढाएको प्रतीत भएको छ।

४. सरकारले यसमा केही तत्परता देखाएको छ। मृतक गौतमलाई शहीद घोषणा गरेको छ। उनको परिवारलाई १० लाख दिने निर्ण  गरेको छ। उता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग त्यस सम्बन्धमा कुराकानी गरेका छन्। सरकारले नेपालस्थित भारतीय दूतावासका कुटनैतिक प्रतिनिधिलाई बोलाएर आफ्नो असन्तुष्टी जनाएको छ।

५. सरर्सर्ती हेर्दा सरकाले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरेकोजस्तो देखिएको छ। तर त्यसले भारतलाई माफी माग्न भनेको छ कि छैन र क्षतिपूर्र्ति माग गरेको छ कि छैन, त्यो केही पनि कुरा बाहिर आएको छैन। यसैबीच यस घटनाले २०१७ सालमा भएको मुस्ताङ घटनालाई सम्झाएको छ। त्यसबेला चीनको जनमुक्ति सेनाले नेपालभित्र प्रवेश गरी नेपाली सुवेदार बमप्रसाद गुरुङलाई गोली हानी मारेको थियो।

६. त्यसबेला प्रधानमन्त्री वीपी कोइरालाको चतुर्‍याइँ र बुद्धिमतापूर्ण प्रयासले गर्दा चीनले पछि आफ्नो गल्ती स्वीकारेको थियो। माफी मागेको थियो। नेपालको मागअनुसार मृत गुरुङको शवलाई सलामी अपण गरिएको थियो र क्षतिपूर्र्ति स्वरूप ५० हजार रूपैयाँ नेपाललाई दिएको थियो। त्यसलाई नेपालको ठूलो कुटनीतिक सफलताको रूपमा लिने गरिएको छ।

७. त्यसबेलादेखि अहिलेसम्म आउँदा नेपालीहरूको चेतनाकोस्तर धेरै बढेको छ। १० वर्ष जनयुद्ध हाँकेर आएका प्रधानमन्त्री छन्। त्यसो भएकाले सरकारले यो प्रकरणलाई के कति निडरता, निर्भिकता र बुद्धिमतापूर्वक अगाडि लैजान्छ, त्यो सबैको चासोको विषय हो। जहाँसम्म नेपाली जनताको कुरा छ, जनता यसमा शत्प्रतिशत भारतको दोष देख्दछ। त्यसकारण भारतले यसमा माफी माग्नुपर्दछ यस्तो घटना दोहोरिने छैन भनी नेपाललाई ‘आस्वस्त’ पार्नु पर्दछ र दिवंगत गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्र्ति दिनुपर्दछ। सरकारले यसमा दृढतापूर्वक कदम चाल्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width