आन्दोलनलाई उत्तेजक नबनाऊ

सम्पादक
पौष २३, २०८०

काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार लेखेको मसी सुक्नै नपाउँदै सर्लाही जिल्लाको वरथहवा नगरपालिकामा निर्माण भएको अस्पताल सञ्चालनका विषयमा शुक्रबार भएको आन्दोलनमा फेरि प्रहरीको गोली लागेर स्थानीय २८ वर्षीय जयशंकर शाहको घटनास्थलमा मृत्यु भयो । धेरै वर्षपछि देशमा यस्तो दुखद् घटना दोहोरिएका छन् । समान प्रकृतिका यस्ता दुखद् घटना किन दोहोरिएका छन्, यो चिन्ताको विषय हो ।

सामान्य किसिमले हेर्दा देशमा शान्ति छ, अमन चैन छ । तर पनि सर्वसाधारण मानिस गोलीको सिकार भएका छन् । देशमा समाजमा आन्दोलन हुन्छन् । आफ्नो असन्तोष व्यक्त गर्न भएका आन्दोलनलाई अन्यथा भन्न मिल्दैन । तर आन्दोलनलाई के कसरी नियन्त्रण गर्ने ? के कसरी सम्झाइ–बुझाइ पढाउने भन्ने कुरा पनि प्रशासनमा हुन्छ । विगतमा ठुल्ठुला आन्दोलनलाई पनि सहजतापूर्वक नियन्त्रण गरिएको थियो । त्यो कुरा सरकारमा बस्ने र प्रशासनमा बस्नेहरूले राम्ररी बुझेका छन् । विगतका त्यस्ता आन्दोलनको तुलनामा अहिले काठमाडौं र सर्लाहीमा भएको आन्दोलित ठूलो र अति उत्तेजक थिएनन् र आन्दोलनको विषयवस्तु पनि त्यत्ति गम्भीर प्रकृतिका थिएनन् । तैपनि गोली चल्यो । भर्खरका युवाहरू गोलीको सिकार हुनुपर्‍यो । छोटो अवधिमा दुई ठाउँमा त्यसरी गोली चल्नुलाई साधारण मान्न सकिँदैन । प्रशासनमा भएकाहरूले यसको राम्ररी समीक्षा र मूल्यांकन गर्नु आवश्यक छ । ताकि यस्तो दुखद् घटना फेरी नदोहोरियोस् ।

देशमा एक पक्ष छ, जसले रातदिन आन्दोलनका कुरा गरिरहेका छन् । तिनीहरूले के–कसरी आन्दोलन गर्लान्, त्यो कुरा बाहिर आएको छैन । तर आन्दोलन गर्न तिनीहरू प्रयासरत छन् । जुन कुरा तिनीहरूको बोली र व्यवहारबाट झल्किन्छ । यस्तो अवस्थामा सरकारमा रहेका मन्त्रीहरू र प्रशासनमा भएका अधिकारीहरूले शान्त–चित्त लिएर सोच्नुपर्दछ । कतै आफ्नै कारणले उत्तेजना बढ्ने र आन्दोलन हुने त होइन भनेर धैर्य धारण गर्नुपर्ने अवस्था छ । यस्तो बेलामा सानो कुरामा पनि ठुलो विवाद हुन सक्छ, उत्तेजना बढ्न सक्छ र आन्दोलनको रुप लिन सक्छ । यस्तो कुरालाई महसुस गरेर त्यस्तो आन्दोनलाई छिट्टै टुंग्याउने प्रयास गर्नु उचित हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…
  • कांग्रेसको सक्रियता

    सम्पादक पौष ३, २०८०
    केही समयदेखि नेपाली कांग्रेसले आफ्नो सांगठानिक सक्रियता देखाएको छ । तर जति सक्रियता देखाएको छ, उति पार्टीभित्र विवाद बढ्दैछ ।…

hero news full width