त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

सम्पादक
पौष ४, २०८०

विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको छ । यस पटक यसले सोमबारका दिन ४९ औं दीक्षान्त समारोह आयोजना गर्‍यो । यस पटकको समारोह अरुभन्दा फरक र विशेष महŒवको रह्यो । २०७९ जेठदेखि २०८० असारसम्म त्रिविविअन्तर्गतका विभिन्न संकायका विभिन्न तह उत्तीर्ण गरेका ७३ हजार ७ सय ४९ छात्रछात्राहरू दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यसले समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ जना सहभागी भएको पनि उल्लेख गरेको छ । यो संख्या विश्वकै लागि पनि एक रेकर्ड मानिएको छ । त्यस दृष्टिले यो ४९ औं दीक्षान्त समारोह विशेष भएको छ ।

यो भव्य दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एउटा उद्घोष पनि गरेका छन् । उनले त्रिविविबाट राजनीतिको भागबण्डाको अन्त्य गर्ने, मेरिटको आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र बाहिरका विज्ञ नेपालीलाई विशेष आग्रह पनि गरेका छन् । उनले त्यही समारोहमा राजनीतिक दलहरूलाई भागबण्डामा होइन, मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन पनि अपील गरेका छन् । त्यस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा आसीन थिए । उनको यो घोषणालाई महत्वका रुपमा हेरिएको छ । प्रधानमन्त्रीको यो घोषणा कार्यान्वयन गरिएमा त्रिभुवन विश्वविद्यालयले काँचुली फेर्ने अनुमान गरिएको छ ।

नेपालमा राजनीतिक नेताहरू आफ्नो काममा असफल भएका छन् तिनीहरू असफल भएकै कारण प्रतिक्रियावादी शक्तिले व्यवस्था नै परिवर्तनको माग राखेर सडकमा उत्रेका छन् । नेताहरूकै कारण कतिपय संस्थाहरू बिग्रेका छन्, डुबेका छन् । राजनीतिले जहाँ हात हाल्यो, त्यही बिग्रियो भन्ने आम धारणा छ । त्रिविविमा पनि राजीतिको भागबण्डाले बिगारेको हो । त्यो भागबण्डाको अन्त भएपछि त्रिविविको स्तर वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । राजनीतिक घुसपैठले विश्वविद्यालयमा हड्ताल हुने गरेको, आपसमा झैंझगडा भई कहिले तालाबन्दीसमेत हुने गरेको छ । हप्तौं ठप्प हुने गरेको छ । प्रधानमन्त्रीको यो घोषणाले निश्चय नै सकारात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ । बरु त्यो घोषणालाई सकेसम्म छिटो कार्यान्वयन गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • कांग्रेसको सक्रियता

    सम्पादक पौष ३, २०८०
    केही समयदेखि नेपाली कांग्रेसले आफ्नो सांगठानिक सक्रियता देखाएको छ । तर जति सक्रियता देखाएको छ, उति पार्टीभित्र विवाद बढ्दैछ ।…

hero news full width