१. कुनै जमाना थियो कि राजनीतिक विश्लेषकहरु दक्षिण एशियालाई अस्थिर देश भनेर भन्ने गर्दथे। त्यसबेला दक्षिण एशियामा हत्या हिंसा हुने गर्दथे। सरकारमा बसेकाहरु अपदस्त हुुन्थे। उनीहरुको हत्या गरिन्थ्यो। त्यस्तो अवस्थाबाट दक्षिण एशियाका देशहरु अब क्रमशः स्थायित्वमा आएका छन्।
२. श्रीलंकामा पदमा आसीन बन्दरनाइकेको हत्या गरिएको थियो। त्यसबेला त्यहाँ धेरै उच्चपदस्थ अधिकारीहरु एकपछि अको मारिने गरिन्थ्यो। बंगलादेवमा शेखमुजिबुर रहमानको परिवारको आमहत्या गरियो। पाकिस्तानमा जुल्पिmकर अलि भुट्टोलाई फाँसी लगाएर मारियो। नेपालमा वीरेन्द्रको वंश विनास भयो।
३. भारतबाहेक अरु देशहरुमा हत्या-हिंसाको घटना अत्यन्त कहालीलाग्दो थियो। जसको कारण त्यहाँको सत्ता र राजनीति अस्थिर भएको थियो। राजनीतिले स्थिरता पाउन नसकेकाले विकास निर्माण राम्ररी हुन सकेको थिएन। त्यसैले मानिसहरु दक्षिण एशियालाई गरिब, अशिक्षित र पिछडिएको देशका रुपमा लिने गरेका थिए।
४. तर अब स्थितिले कोल्टे फेरेको छ। दक्षिण एशियाका देशहरुले एकपछि अकोर्ले आफ्नो स्थितिमा परिवर्तन गर्दै लगेका छन्। बंगलादेशमा दुर्इ/तीन पटक सैनिकहरुले राज्यसत्ता चाखे पनि सधैँ टिक्न सकेनन् र निर्वाचन गराउन बाध्य भए। अहिले केही वर्षदेखि त्यहाँ निर्वाचित सरकारले काम गरिरहेको छ।
५. श्रीलंकाले पनि आफ्नो स्थितिमा सुधार गरेको छ। सरकारले तमिल व्रि्रोहीलाई दबाएको छ। तमिल व्रि्रोह भएको बेलामा पनि श्रीलंकामा नियमित निर्वाचन भएको थियो। अहिले त्यहाँको राजनीति दह्रो भएको छ। पाकिस्तानले पनि त्यो अवसर पाएको छ। नवाज सरिफ निर्वाचित प्रधानमन्त्री भएका छन्। पहिलो पटक निर्वाचित पदाधिकारीले निर्वाचित प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरिएको छ।
६. नेपाल नै अहिले एक यस्तो देश भएको छ। जहाँ सत्ता स्थिर रहन सकेको छैन। इतिहासमा यहाँ कोही प्रधानमन्त्रीले पूरा अवधि शासन गर्न पाएनन्। दश वर्ष जनयुद्ध भयो। १५ हजार बढीको ज्यान गयो। वीरेन्द्रको वंश विनाश भयो। यहाँ के भएन ? तैपनि यहाँको स्थिति सुध्रेको छैन। निकट भविष्यमा सुध्रने आशाको किरण पनि देखिदैन।
७. यहाँको राजनीति मात्र ब्रि्रेको होइन, राष्ट्रियतामा पनि ह्रास आएको छ। विदेशी हस्तक्षेपा बढ्दो छ। कतिपय नेताहरु विदेशीका गोटी बनेका छन्। विदेशीको इसारामा नाच्नुलाई विशेषता सम्झने गरेका छन्। विदेशीको घाकले नेपालीलाई थर्काउने गरेका छन्। नेताहरुमा अझ वुद्धि पलाएको छैन। आफ्नो देश आफै बनाउन सक्छौै भन्ने स्वाभिमान ल्याउन सकेका छैनन्। देश अझै दुर्भाग्यको दलदलमा फस्दै गएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१