पोखरा । ह्याल्मो, तामाङ, थकालीलगायत आदिवासी समुदायले आफ्नो सांस्कृतिक पर्व २१४७ औं च्याग फो ज्यिवा ल्हो (मुसा वर्ग) सोनाम ल्होसार मनाउँदैछन् । देशविदेशमा आ–आफ्नो संस्कृति अनुसार उनीहरुले शनिबार यो पर्व धूमधामसाथ मनाउँदैछन् ।चन्द्रपात्रोमा आधारित रही मनाउने ल्होसार निकै पुरानो पर्व मानिन्छ । यो पर्व चिनियाँ मंगोल सभ्यतासँगै शुरुवात भएको विश्वास छ ।
पर्व अवसरमा नेपाल हेल्मो समाज सेवा संघ, कास्कीले सोनाम ल्होसार अवसरमा शनिवार ग्रहशान्ति पूजा गर्ने भएको छ । गत वर्ष भए गरेका कामको समीक्षा गर्दै राम्रा कामको निरन्तरता दिने, अधुरा काम पूरा गर्ने र नराम्रा काम समाप्त गरी आउने दिनमा नयाँ जोश जाँगरसाथ अगाडि बढ्ने र दुुःखकष्ट भोग्न नपरोस् भनी पूजा गर्न लागिएको संघ, कास्कीका सहसचिव पूर्ण लामाले बताए । लामा गुरुद्वारा गरिने पूजामा पितापुर्खा सम्झदै संसारभरका मानवलगायत जीव–जीवात्माको मुक्ति र कल्याणका निम्ति प्रार्थना गरिने जानकारी नेपाल ह्योल्मो समाज सेवा संघका कास्की अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले बताए ।
यस्तै, ह्योल्मो समुदायले ल्होसारमा शनिवार बौद्ध लामा, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने र समूहमा खानपीन तथा नाचगान गरी शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।समाजका सचिव दिलबहादुर ह्योल्मोका अनुसार यसैदिन विश्वशान्तिको प्रतीक मान्दै बौद्ध भण्डालुङ्दार प्रत्येक घरमा टाँगिने छ । माघ ११ देखि १५ दिनसम्म चोलीबेटी भेटघाट, सामूहिक भोज, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
बाह्र जीवजन्तुलाई प्रतीकको रुपमा मानेर ल्हो खोर्लो (वर्ष चक्र) मा आधारित भई विशेष मंगोल समुदायमा मनाइने ल्होसार पर्व प्रत्येक माघ शुक्ला प्रतिपदामा मनाइने गरिन्छ । किसान समुदायको अन्तर्राष्ट्रिय पर्वको रुपमा समेत चिनिने ल्होसार शुभारम्भसँगै वसन्त ऋतुको शुभारम्भ हुन्छ ।यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोनाम ल्होसार पर्व अवसरमा सम्पूर्णमा शुभकामना दिएका छन् । शुक्रबार विज्ञप्तिमार्फत उनले ‘यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
यस पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु,’ भनेका छन् । ‘सोनाम ल्होसार पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१