गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
nc gandaki

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा सभामुखले असम्बैधानिक काम गरेको भन्दै कांग्रेस गण्डकीले आपत्ति जनाएको छ । प्रवक्ता माधव बास्तोला मधुले आइतबार साँझ विज्ञप्ति निकालेर यस घटनाले संवैधानिक सर्वोच्चता, संसदीय मर्यादा र परम्परामाथि धावा बोलेको उल्लेख गरेका छन् ।

गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन राखेको प्रस्तावमाथि हुन्छ भन्ने पक्षमा ३० मत, हुन्न भन्ने पक्षमा २७ मत र तटस्थमा २ मत परेको छ ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको सभामा सरकार बन्नका लागि आवश्यक पर्ने बहुमत नपुगेको अवस्थामा अध्यक्षता गरिरहेका सभामुखले प्रदेश सभा सदस्यमा ५१ प्रतिशत गणना गर्दा न्यूनतम ३१ जना प्रदेश सभा सदस्य प्रस्तावको पक्षमा हुनु पर्ने संवैधानिक प्रकृयालाई उल्लंघन गरी प्रस्तावको पक्षमा ३० जना सभासदको हस्ताक्षरलाई बहुमत प्राप्त भएको भनी गरिएको असंवैधानिक घोषणाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width