झलकमान गन्धर्वलाई सम्झदै मेलोडीको शुभारम्भ गरिने

एजेन्सी
श्रावण ३१, २०७६
melody photo

पोखरा, ३१ साउन । पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री हस्तान्तरण गरी मेलोडी क्याफे एण्ड लाउञ्ज वार शुभारम्भ हुने भएको छ । भाद्र १ गते देखि औपचारिक शुभारम्भ हुन लागेको क्याफले शुभारम्भको पृथक तरिका अपनाउन खोजेको हो । शुभारम्भको अवसरमा मादल, सारङ्गी लगायतका सामाग्री हस्तान्तरण गर्न लागिएको हो ।

पोखरा संगीतको उर्वरभूमि हो । झलकमान गन्धर्वले उचाईमा पु¥याएको सारङ्गी वादन र गायनलाई संरक्षण गर्न यस्तो कार्यक्रम गर्न लागिएको हो ।
२०६६ सालमा स्थापना भएको झलकमान गन्धर्व सारङ्गी पाठशालामा दैनिक ८ जना विद्यार्थी प्रशिक्षणका लागि आउने गरेको पाठशालाका अध्यक्ष धनबहादुर गायकले बताए ।२ सय ५० भन्दा धेरैले यसै पाठशालाबाट सारङ्गी वादन सिकीसकेका छन् । सारङ्गी वादनको मौलिक संगीत जगेर्नाका लागि स्थापित पाठशालालाई अहिले सम्म कतैबाट सहयोग उपलब्ध हुन सकेको थिएन ।

मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा आएको हो । १ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरु गायक विनोद वानिया, सुरेश पहारी र एकराज गिरीको लगानी रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width