बेंसीसहरका ४ औषधी पसललाई जरिवाना

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
ausadhi pasal anugaman

लमजुङ । बेंसीसहरका ४ औषधी पसल मापदण्ड विपरीत सञ्चालन भएको फेला परेपछि जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले गरेको अनुगमनका क्रममा न्यूनतम् मापदण्ड पनि पालना नगरेको पाएपछि औषधी पसललाई जारिवाना गरिएको हो ।

४ वटै पसललाई ५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङका खरिदार दीननाथ अधिकारीले जानकारी दिए । पसलमा म्याद गुज्रेको औषधीजन्य सामग्री भेटिएको थियो । औषधी पसलहरूले म्याद गुज्रेको औषधी बिक्रीको लागि राखेको, पसल पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नभएको, बिक्री बिलसमेत नभएको, साइक्याट्रिक तथा नारकोटिक औषधी बिक्री वितरणको अभिलेख राख्नुपर्नेमा सो समेत नपाइएपछि अनुगमन टोलीले जनाएको छ ।

म्याद गुज्रेका औषधी बिक्री वितरण नगर्न र म्याद गुज्रेका औषधिको उचित व्यवस्थापन गर्न औषधी पसलेहरूलाई निर्देशन गरिएकोे जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।

जिल्ला बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा गरिएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय, लमजुङ अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, उद्योग वाणिज्य संघ र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width