पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
pcm python (1)

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित ५ दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता थियो ।

राष्ट्रिय आविस्कार केन्द्रका ७ जना स्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए । राष्ट्रिय आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरिबहादुर पहारीको प्रमुख आतिथ्यतामा शुभारम्भ र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो ।

प्रमुख अतिथिद्वयले यस्ता प्राविधिक तालिमले विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने बताए । अबको समय प्रविधिकै समय भएकाले प्राविधिक ज्ञान अपरिहार्य रहेको बताए ।
कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले यस्ता उपयोगी कार्यक्रमलाई कलेजले सधैं स्वागत गर्ने बताइन् । कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिबिए कार्यक्रम संयोजक हरि अधिकारीले स्वागत एवं बिसिआइएस संयोजक हरिप्रसाद बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width