रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Rotory Installation Photo

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र ध्वजूले क्लक चार्टड प्रस्तुतीकरण गरी डिस्ट्रिककै कान्छो क्लबका रुपमा सम्पूर्ण सदस्यहरुको पदस्थापना गराएका हुन् ।

रोटरी क्लब अफ काठमाडौं जावलाखेलले प्रायोजन गरेको क्लबमा विभिन्न क्षेत्रहरुमा लामो अनुभव संगालेका २३ सदस्य छन् । क्लबको नेतृत्व डिस्ट्रिकमा सहायक गभर्नरको रुपमा जिम्मेवारी सम्हालिसकेकी हेमा अधिकारीले चार्टड प्रेसिडेन्टको रुपमा गरेकी छन् भने सचिवमा डा. बुद्धि मल्ल र कोषाध्यक्षमा चिजन पौडेल, प्रेसिडेन्ट इलेक्टमा कृष्णप्रसाद अधिकारी, भाइस प्रेसिडेन्टमा बिना पाठक पन्त र मेन्टरमा कृष्णबहादुर अधिकारी छन् ।

कार्यक्रमा पूर्व डिस्ट्रिक गभर्नर जयराज्य लक्ष्मी शाह, चिन्तामणि भट्टराई, राजीव पोख्रेल, डिस्ट्रिक गभर्नर डेजिनेट नोमिनी विष्णुबहादुर कार्की, सहायक गभर्नर राजभाइ सुवाल, क्लबका सल्लाहकार डा. सुवास प्याकुरेल, रोटरी क्लब अफ काठमाडौं जावलाखेलका अध्यक्ष डा. विष्णुराज उप्रेती डिस्ट्रिकका अन्य उच्च पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष रोटरियन उपेन्द्र पौड्याल एवं दुवै क्लबका बोर्ड सदस्य तथा अन्य सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा क्लबमा सदस्यहरुका दम्पत्तिहरुलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width