वनमा आगो लगाउने पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
aagandhar

पोखरा । जंगलमा आगो लगाएको आरोपमा १ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय अगन्धर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माका अनुसार पौडेलले वैशाख २१ गते अन्नपूर्ण गापा वडा नं. ३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा आगो लगाएका थिए ।

विशेष सूचनाका आधारमा पौडेललाई सोही दिन नियन्त्रणमा लिइएको डिएसपी शर्माले जानकारी दिए ।पौडेलले आफ्नो खरबारीमा आगो लगाएको र सो आगो अनियन्त्रित भएर जंगलमा लागेको डिएसपी शर्माले बताए ।

उक्त आगो वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली र स्थानीयले पनि नियन्त्रणमा लिन सकेको थिएन । पौडेललाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width