पोखरा । साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालाको रचना तथा संगीतबार बिबी अनुरागीको स्वरसंगीतमा ‘कता टेकुँ’ गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उक्त भिडियो सार्वजनिक गर्दै गीतकार कोइराला तथा संगीतकार अनुरागी दुवै आ–आफ्नो क्षेत्रमा चर्चित प्रतिभा रहेको बताए । उनले गीतलाई विभिन्न शैलीमा प्रस्तुत गर्न सकिँदो रहेछ भन्ने नमुना उक्त सिर्जना भएको उल्लेख गरे ।
गण्डकी प्रदेशसभाका एमाले प्रमुख सचेतक गोविन्द नेपालीले संगीतको क्षेत्रमा इँटा थपिएको बताउँदै उत्तरोत्तर प्रगतिको कामना गरे ।
साहित्यकार तथा गीतकार हरिदेवी कोइरालाले आफ्ना सामान्य शब्दलाई बिबि अनुरागीले आफ्नो स्वरको जलप लगाएर जनसमक्ष ठूलो गुन लगाएको भन्दै आभार व्यक्त गरिन् ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले सप्तरंगी सांस्कृतिक प्रतिष्ठानले पहिलो पटक हरिदेवी कोइराला एकल सांगीतिक कार्यक्रम गरेर कलाकार उपचार कोष तथा पुरस्कार स्थापना गरेको स्मरण गरे ।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नयाँ सिर्जनाले सबैमा खुसी ल्याएको बताए ।
सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जूना क्षत्रीले स्वागत तथा सचिव सानु जोजिजुले सञ्चालन गरेकी थिइन् ।
गजल बिबी अनुरागी युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
Related News
सम्बन्धित समाचार
स्याङ्जाका कलाकार प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिए
फेरि जाग्दै कन्दरा
ब्यान्ड कम्पिटिसनमा ‘द लिङ्कन’ ब्यान्ड प्रथम
पोखरेली ब्यान्ड पुनर्जागित हुँदै
जादुयी स्वरकी धनी सिम्रन
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०