जोमसोम । नेपाल पत्रकार महासंघको निर्वाचन प्रयोजनका लागि मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ । शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको निर्वाचन समिति चयन बैठकले महासंघको विधान २०६० पाँचौं संशोधन (२०७५) बमोजिम सर्वसम्मत निर्वाचन समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तगत हुने संघ, प्रदेश र जिल्ला तहको एकैसाथ हँने प्रत्यक्ष निर्वाचनका लागि भीमबहादुर रसाइलीलाई निर्वाचन समिति संयोजकमा चयन गरेको महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए ।
उनका अनुसार समितिमा जिल्ला अदालत मुस्ताङका तर्फबाट नायव सुब्बा रामचन्द्र सुवेदी र जिल्ला सरकारी वकिलको कार्यालय मुस्ताङकातर्फबाट ऋषिराम सुवेदीलाई निर्वाचन समिति सदस्यमा चयन गरिएको छ ।
निर्वाचन समितिका संयोजक पत्रकार भीमबहादुर रसाइली विगत डेढ दशकदेखि मुस्ताङको पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष र हिमालपारिको आवाज साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुन् ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१