घान्द्रुकमा ‘शिरसुबा’ प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ १४, २०७७
sirsuba film cover photo

हेमजा । ब्रेज मेश्रो फिल्म प्रोडक्शनले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ घान्द्रुकमा प्रदर्शन गरिएको छ । चलचित्र गुरुङ समुदायको संस्कार–संस्कृतिमा आधारित छ । चलचित्रका बजार व्यवस्थापक अमृत गुरुङ लामाले अब घान्द्रुक आसपासका क्षेत्र लगायत पोखरा हुँदै विदेशमा समेत चलचित्र प्रर्दशन गरिने बताए ।

गुरुङले पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा अधिकांश छायांकन गरिएकोले प्राथमिकतामा राखेर पहिलो पटक सो गाउँमा प्रदर्शन गरिएको स्पष्ट पारे । करिव ३ सय बढी स्थानीयले चलचित्र अवलोकन गरेका छन् ।

चलचिलको कथा निर्मातामा विमल गुरुङ छन् । त्यस्तै पटकथा र निर्देशन माओत्से गुरुङले गरेका छन् । जसको मुख्य भूमिकामा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ र प्रिति गुरुङलाई देख्न सकिन्छ ।

त्यस्तै सोम गुरुङ, डिबी गुरुङ, आइतराम गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, रविता गुरुङ, अंशु गुरुङ, विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको पनि अभिनय छ।चलचित्र सुशान प्रजापतीले छायांकन गरेका हुन् ।

प्रर्दशनपछि धारणा राख्दै निर्देशक माओत्से गुरुङले सवैको सद्भावले चलचित्र सफल हुने विश्वास व्यक्त गरे । ३५ लाखको लागतमा चलचित्र निर्माण गरिएको हो । जसको छायांकन गत वर्ष मंसिरमा भएको थियो । यो ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको दोस्रो प्रस्तुति हो ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width