अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
haribansa

काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ ।

तर, यसपटक उहाँले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गर्नुभएका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो ।

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी हुनुभएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिनुभयो ।

“म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भन्नुभयो ।

उहाँले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु । यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । तर, चलचित्र उनले लेखिएको भन्दा राम्रो बनाएका छन् ।”

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताउनुभयो । किनकि उहाँ सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्नुहुन्छ । निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिनुभयो ।

“अभिनेता आचार्य मेरो गुरू हुनुहुन्छ । उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु । तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन् । त्यो नहोस् भन्ने मेरो चाहना हो”, निर्देशक भट्टराईले भन्नुभयो ।

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गर्नुभएको छ । दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।  रासस

Related News

सम्बन्धित समाचार

  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…
  • रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’ भित्र आशा

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    काठमाडौं । अभिनय कलाले सबै दर्शकलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् ।…

hero news full width