पोखरा, ७ मंसिर । साढे २ वर्षदेखि निरन्तर मान्छेमाथि आक्रमण । छोटो अवधिमै जिल्लामा १० बालबालिका चितुवा आक्रमणको शिकार बने । एकै पालिकाका ६ जनासम्म परे । त्यसपछि बन्दीपुर, आँवुखैरेनी, ब्यास र शुक्लागण्डकीमा पनि असर गर्याे।
चितुवा आक्रमणबाट लगातार बालबालिकाको मृत्यु भएपछि तनहुँको भानुमा चितुवा र तिनको आहारा प्रजातिका जनावरको संख्या गन्न थालिएको छ । तत्कालीन समयमा ठाउँठाउँमा पासो थापेर ९ वटा चितुवा समातिएको थियो । सबैलाई राष्ट्रिय निकुञ्जमा छोडिएको छ । ११ वटा चितुवा मरेको अवस्थामा फेला परेका थिए । तैपनि चितुवाको आक्रमण रोकिएन । चितुवा आक्रमण निरन्तर बढेपछि भानु क्षेत्रमा चितुवाको संख्या र त्यसको आहारा प्रजातिको जनावरको अध्ययन सुरु गरिएको हो।
जिल्ला वन कार्यालय कास्कीका प्रमुख (तत्कालीन तनहूँका प्रमुख) केदार बरालको टोलीले गणना थालेका हुन् । भानुका १ देखि ६ नम्बर वडासम्म २२ वटा सामुदायिक वनका ४२ सय हेक्टर वन क्षेत्रमा चितुवाको गणना गर्न लागिएको उनले बताए । क्यामेरा ट्रयापिङ विधिबाट चितुवा र तिनका आहारा प्रजातिका जनावरको खोजी गरिनेछ । चितुवा गन्नका लागि मात्रै ७२ वटा क्यामेरा जंगलमा जडान गरिएको बरालले बताए।
खासगरी चितुवा मान्छेकै बस्ती वरपर वस्ने प्राणी हो । त्यसैले मान्छेसँगको जम्काभेटमा मान्छेमाथि बढी आक्रमण हुने गर्छ । ‘जंगलमा चितुवाको आहारा घट्न थालेपछि बस्तीमा छिर्छ । घरपालुवा जनावर खोज्दै आउँदा मान्छेसँग जम्काभेट भए मान्छेलाई नै आक्रमण गर्छ,’ अध्ययनमा लागेका कास्कीका डिभिजन वन अधिकृत केदार बराल भन्छन्, ‘चितुवाको वास्तविक बासस्थान मान्छे र जंगलबीचको झाडी हो । घाम तापेर सुत्ने, पानी प्रशस्त भएको ठाउँमा चितुवा बस्छ । भानु क्षेत्रमा यस्ता ठाउँ धेरै छन् ।’
४ हजार २ सय हेक्टर वन क्षेत्रमा ७२ वटा क्यामेरा जोडिएको छ ।
तनहुँमा चितुवाले आक्रमण गरेको सबैजसो घर एक्लो छ । साँझको समयमा बत्ती नबलेको घर र छेउमा बाख्राको खोर ढुकिरहेको बेला बच्चा भेटेपछि उसैलाई आक्रमण गरेको बरालले बताए । चितुवाको मुख्य आहारा हरिण प्रजातिका जनावर हुन् । बादर र दुम्सी लगायत जनावर पनि चितुवाले रुचाउँछ । ‘मान्छे उसको आहारा होइन । रोगी र भोको हुँदा मान्छेमा आक्रमण गर्ने हो,’ उनले भने, ‘खानेकुरा रुखको हाँगामा लगेर खाने भएकोले सानो आकारको जनावर वा मान्छेलाई आक्रमण गर्छ । त्यसैले उसको निशानामा साना बालबच्चा परेका हुन् ।’ खासगरी पोथी चितुवाले बच्चा जन्माएपछि भालेले मारिदिन्छ ।
भाले र अरु जनावरबाट पनि बचाउन पोथीले बच्चालाई सुरक्षित ठाउँमा राख्नुपर्छ । यस्तो बेला सजिलै आक्रमण गरेर आहारा खोज्दा बाख्रा वा घरपालुवा जनावर सुत्केरी चितुवाको सबैभन्दा पहिलो निशाना हो । पछिल्लो समय खेतीपाती कम हुँदै गएकोले जंगल बढेर मानव बस्ती नजिकै आइपुगेका छन् । ‘पहिले मान्छेले खेतीपाती गर्थे । मान्छेको बस्ती र चितुवाको बासस्थान बीचमा दूरी थियो,’ उनले भने, ‘अहिले त्यो दूरी छैन । जंगल घरसम्मै बढेपछि चितुवाको डाइरेक्ट एक्सेस बस्तीमा पुगेको छ ।’ चितुवाको संख्या र आहाराको अनुपात पत्ता लगाउन गणनाको काम थालिएको उनले सुनाए । ‘चितुवाले मान्छेमाथि किन आक्रमण गरेको हो भनेर यकिन गर्न उसका आहारा प्रजातिका जनावर पनि खोज्नुपर्ने हुन्छ । क्यामेराले दुवैको फोटो खिचेपछि संख्या पत्ता लाग्छ,’ बराल भन्छन्, ‘त्यसपछि चितुवा र आहाराको अनुपात मिलाउन सजिलो हुन्छ । आवश्यक नीति नियम बनाउन सघाउँछ ।’ अबको केही दिनभित्रै भानु क्षेत्रमा भएका चितुवा र तिनका आहारा प्रजातिका जनावरको संख्या पत्ता लाग्नेछ । ‘क्यामेराको अगाडि चितुवा परेपछि आफै फोटो खिच्छ । त्यसलाई संकलन गरेर डाटा तयार गर्छौं । प्रत्येक १ किलोमिटरमा ग्रिड बनाइएको छ । सबै ग्रिडमा २ वटा क्यामेरा जोडिएको छ,’ बरालले भने । उनका अनुसार चितुवाको दिसा समेत ल्याबमा परीक्षण गरेर चितुवाका आहाराबारे अध्ययन गरिनेछ ।
चितुवा पहाडी पारिस्थितिकीय प्रणालीको सबैभन्दा माथिल्लो प्राणी हो । चितुवा आक्रमणबाट भएको क्षतिपूर्तिबापत सरकारले १ करोड १५ लाख रुपैयाँ सम्बन्धित पक्षलाई राहत दिइसकेको छ । मान्छे बाहेक १ सय ७६ वटा पशुबस्तुको क्षति भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवाको बासस्थान र आहारा प्रजातिको जनावरको चोरी शिकारका कारण चितुवाले मान्छेमाथि आक्रमण गरेको निष्कर्ष पहिले नै निकालिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले अहिलेको चितुवा र आहारा प्रजातिका जनावरका गणनापछि आगामी योजना बनाउन सहयोग पुग्ने बताए । ‘दुवैको संख्या निस्किएपछि कसरी मानव आक्रमण रोक्ने भन्ने योजना बन्छ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१