नवलपरासी । संघीय सरकारले कोरोना संक्रमितहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुनः पीसीआर परीक्षण नगरी पठाउने निर्देशिका जारी गरेपनि गण्डकी प्रदेश सरकार सोको विपरीत छ । प्रदेश सरकारले आफैले खर्च गरेर संक्रमितको पुनः रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर फर्काउने गरेको छ ।
सो नीति अवलम्बन गरेको प्रदेश सरकारतर्फबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै कोरोनाविरुद्धको लडाइँ जितेकालाई बिदाइ गर्न पुगेका छन् ।
पूर्वी नवलपरासीको रजहरमा रहेका प्राकृतिक चिकित्सालयमा रहेका संक्रमितहरुमध्ये २३ जना शनिबार निको भएपछि उनीहरुलाई बिदाइ गर्न मुख्यमन्त्री गुरुङ सोही रात अस्पताल पुगेका हुन् ।
संक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा उनीहरुको उत्साह युद्ध जितेभन्दा कम लिएन । उनीहरु नाँच्दै गाउँदै रमाउँदै घर फर्किएका थिए ।
संक्रमितहरु अधिकांश घरको आर्थिक अवस्था कमजोर भएपछि घरपरिवार पाल्ने सपना देखेर विदेश गएका थिए । फर्किदा उनीहरुले कोरोना भाइरस बोकेर नेपाल आए । कोही भारतबाट जन्मभूमि फर्किएका थिए भने कोही खाडी मुलुकबाट ।
रजहरको प्राकृतिक चिकित्सालयमा अहिलेसम्म ३ सय १५ जना संक्रमितहरुको उपचार गरिएकोमा २ सय ९४ जना निको भएर फर्किएका छन् । आइतबार थप ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बिदाइ गरिएको छ । अब जम्मा २१ जनामात्र संक्रमितहरु उपचाररत रहेका छन् ।
यहाँ उपचार गरिएकोमध्ये कतिपय ७ दिनमा निको भएर फर्किका छन् भने कतिपय ४०/४५ दिनसम्म पनि उपचार गरेर भए पनि निको भएर मात्र फर्किएका हुन् ।
शनिबार घर फर्किनेहरुमा ४ वर्षका बच्चादेखि लाउँ–लाउँ र खाउँ–खाउँको उमेरमा अर्काको देशमा पसिना बगाएर फर्कनेहरु पनि थिए । संक्रमितहरु निको भएर समुदायमा फर्कन पाउँदा कतिपय यतिसम्म खुसी थिए कि बिदाइ कार्यक्रममा सहभागी मुख्यमन्त्री र उपचाररत डाक्टरलाई भगवान्सरह मानेर खुट्टा ढोग गर्नसम्म पछि परेनन्।
कार्यक्रममा कोरोना भाइरसविरुद्धको लडाइँ जितेकाहरुलाई बिदाइ र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपालले चिताएकोजस्तो सफलता प्राप्त गरेको दाबी गरे ।
प्राकृतिक चिकित्सालयमा संक्रमितहरुलाई प्राकृतिक पद्दतिबाट अर्थात् नेपालमा एकमात्र स्थानमा प्राकृतिक पद्दतिबाट उपचार गर्न गरिएको छ ।
५ वर्षीय बालकले जिते कोरोना
पूर्वी नवलपरासीमा ५ वर्षीय बालकले कोरोनाविरुद्धको लडाइँ जितेका छन् । उनको आइतबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । गैँडाकोटका ती बालकसहित बौदीकाली गाउँपालिकाका १ जना पुरुष र मध्यविन्दु नगरपालिकाका १ जना पुरुषले आइतबार कोरोना भाइरसविरुद्धको लडाइँ जितेका हुन् । हालसम्म नवलपुरमा संक्रमितको संख्या ३ सय २७ पुगेको छ भने ३ सय ६ जना निको भएका छन् ।
गण्डकी प्रदेशमा सोमबार साँझसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । निको हुने दर करिब ८८ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १ हजार ३ सय ४८ निको भएका हुन् ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१