पोखरा, ४ असार । ‘लक्षित वर्गलाई क्षमता अभिवृद्धि भनेर बर्सेनि बजेट छुट्याइएको हुन्छ । लगातार क्षमता अभिवृद्धि भनेर बजेट सक्नु भन्दा कुनै प्रोजेक्ट दिनुपर्यो । सँधै एनजिओ शैलीबाट काम गरेर हुँदैन सरकारले,’ सांसद दीपक कोइरालाले भने, ‘बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन गर्नुपर्छ । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ । खर्च हुन नसकेको रकम राखेर बजेट बढाएर गौरव मात्र गरेर के गर्ने ?’
गण्डकी प्रदेशको आगामी बजेटमाथी आफ्ना धारणा राख्दै सांसद कोइरालाले कतिपय कार्यक्रम पोहोर आएर पनि अहिले छुटेको बताए । ‘फेवातालदेखि बेगनास ताल जोड्न मोनोरेलका कार्यक्रम पोहोर सुनिएका थिए । अहिले छैन,’ उनले भने । कोइराला कर्मचारीको भत्ता कटौतिले मात्रै चालू खर्च कम नहुने तर्क गर्छन् । सरकारले चालू खर्च घटाउने लक्ष्य लिएपनि संरचनागत बृद्धीले खर्च झनै बढ्दै गएको उनले बताए । ‘कर्मचारीको भत्ता कटौतीले मात्र चालु खर्च घट्दो रहनेछ । यसका लागि आन्तरिक आम्दानी वृद्धि गर्नुपर्ने छ, उनले भने, ‘बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन हुनु जरुरी छ । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ ।’
सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न निकै मेहिनत गर्नुपर्ने भन्दै उनले कोरोनाका कारण स्वास्थ्य प्राथमिकतामा परेकोमा खुशी ब्यक्त गरे । उनले कृषिमा बजेट केन्द्रित भएकोले यसको कार्यान्वयन हुन सके ब्यापार घाटा कम हुने बताए । ‘कृषिलाई उद्योगसँग जोड्ने र रोजगारी वृद्धि गर्ने । आत्मनिर्भतातिर लैजान्छ । हामीले विश्वसँग प्रतिस्पर्धा गर्ने भनेकै कृषिले हो,’ उनी भन्छन्, ‘कृषि उत्पादन बढाउन सके आयात विस्थापन गरी निर्यात बढाउन सकिन्छ । व्यापार घाटा घटाउन सकिन्छ । यसैमा बजेट केन्द्रित छ ।’
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१