पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पछिल्ला अवस्थालाई मध्यनजर गर्दे लकडाउनलाई अझ कडा पारिएको बताएका छन् ।
लमजुङ्ग जिल्लाबाट पोखरा आएर बसोबास गरेका र लकडाउनकै कारण समस्यामा परको नागरिकहरुलाई विहीबार राहत वितरण गर्दै उनले कोरोना भाइरस नियन्त्रण गर्न पहिलो र प्रभावकारी उपाय लकडाउन भएकाले लकडाउन कडा पारिएको बताए । करिव २२ सय मानिस पास लिएर वा नलिई प्रदेश भित्र यो बीचमा प्रबेश गरेको सूचना आफूले पाएको बताउदै मुख्यमन्त्री गुरुङले मानिसहरु पहिलो जान हतारिए, अहिले बिभिन्न बाहानमा आउन हतारिएका छन । लकडाउन भनेको जहाँ छ त्यही बस्ने हो, खान नपाए सरकारसंग माग गर्ने हो, तर जान र आउन हतारीने हैन, उनले भने– गण्डकी प्रदेशमा पहिलो संकटा समाधान गरिएपनि ढुक्क हुने अबस्था नभएकोले विहीबारबाट थप कडाई गरेका हौ ।
आवश्यक सुरक्षा बिधि नअपनाएमा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिदिने चेताबनी उनले दिएका छन् ।मानवको पहिलो प्राथमिकता स्वास्थ्य अथार्त ज्यान भएकाले ज्यान जोगाउन सके मात्र अरु कुरामा जान सकिने हुँदा सरकारको आदेश पूर्ण रुपमा पालन गरिदिन उनले आग्रह गरेका छन् । त्यसैगरीे लमजुङ्ग–पोखरा बचत तथा ऋण सहकारीले आफ्ना शेयर सदस्य तथा अप्ठेरोमा परेका लमजुङ्गे नागरिकलाई राहत बितरण गरेको छ । लमजुङ्ग–पोखरा सम्पर्क समिति तथा सहकारीको सहकार्यमा १ जना सुत्केरी संगै २८ जना नागरिकहरुलाई रातह बितरण गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको उपस्थितिमा राहत बितरण गरिएको थियो । सहकारीले आफ्नो स्थापना दिवसको अबसर पारेर राहतसंगै क्यालेण्डर बिमोचन गरेको हो । सहकारी र सम्पर्क समितिले हरेक वर्ष संयुक्त रुपमा क्यालेण्डर प्रकाशन गर्दे आएको छ । सहकारीका अध्यक्ष दीपक घिमिरेले संस्थाको शेयर सदस्यहरु समस्यामा परेका बेला थोरै भएपनि आफुले मलम लगाएको बताए । लमजुङ्ग– पोखरा सम्पर्क सहकारीका अध्यक्ष चम्पादेवी रानाभाटले जिल्ला बासीनै प्रदेशको मुख्य नेतृत्वमा रहनु आफुहरुको लागि गौरवको कुरा भएको बताइन् ।
Related News
सम्बन्धित समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१