खेलकुद »

पोखरा म्याराथनले आर्थिक समृद्धिमा सघाउछ

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
पोखरा म्याराथन तयारी तीव्र
पोखरा, ५ फागुन। यहि फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन” पोखराको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको पोखरा महानगरपालिका उपमेयर मञ्जु गुरुङले बताएकी छन। पोखरा महानगरपालिका वडा अध्यक्षहरु र म्याराथनआयोजक संस्थाका पदाधिकारीवीच पोखरा म्याराथन सफल बनाउन आयोजित छलफल कार्यक्रममा उपमेयर गुरुङले पोखरालाई खेलकुद मार्फत आर्थिक समृद्धि हासिल गर्न पनि पोखरा म्याराथन सफल बनाउनु पर्ने कुरामा जोड दिएकी हुन्। उपमेयर गुरुङले पोखरा म्यारथनलाई महानगरको तर्फबाट सहयोगको निरन्तरता संगै १३ औं संस्करणले सफलता लिने कुरामा आफू ढुक्क रहेको र सबै महानगरबाशीहरुलाई एकजुट भएर पोखरा म्याराथनमा सहभागिताका लागि आग्रह समेत गरिन। सो अबसरमा बोल्दै मंचका…

म्याराथनको रुट तय

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
म्याराथनको रुट तय
पोखरामा यही फाल्गुण ७ गते आयोजित सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७५ को समय तालिका र रुट निर्धारण गरिएको छ। ४२.१९५ किलोमीटरक दौडको रुट विहान सात वजे रंगशालावाट सुरुभई पृथ्वीचोक, विरौटा छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, हल्लनचोक, सृजनाचोक, सभागृहचोक, चिप्लेढुंगा, विन्ध्यवासिनी, हरिचोक, केआइसिंहपुल, नदीपुर, रानीपौवा, भद्रकाली स्कुल, चाउथे, भोटे चौतारा, वडा नं १४ कार्यालय, वडा कार्यालय १५ कृष्णमन्दिर, अमृत वेकरी र गेट नं ५ मा दौड सम्पन्न हुने भएको छ। त्यस्तै दश कीलोमीटर दुरीको दौडमा पोखरा रंगशालावाट विहान ७.०० वजे सुरुभई पृथ्वीचोक हुदै विरौटा, राष्ट्रवैंक चोक, वसुन्धरा पार्क, हल्लनचोक, जिरो कीलोमीटर, सभागृह चोक र रंगशालामा पुगेर समापन हुने छ। पाँच कीलोमीटर दौड अन्तरगत…

बास्केटबलको उपाधि ठमेल यूनाइटेडलाई

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
बास्केटबलको उपाधि ठमेल यूनाइटेडलाई
पोखरा, ५ फागुन।  कास्की जिल्ला बास्केटबल संघद्धारा आयोजित “तेश्रो कुँवर व्रर्दश एण्ड सन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले हात पारेको छ।  पोखरामा आइतवार सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो।  उपाधिसंगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता कास्की जिल्ला बास्केटबल संघले ३३ हजार ३ सय ३३  रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा कास्की भलिबल संघका खेलाडी रबीन शाही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा…

टेनिसमा जापानीज गेनी र भारतीय सिंग्ला प्रथम

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७५
टेनिसमा जापानीज गेनी र भारतीय सिंग्ला प्रथम
पोखरा, ४ फागुन । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न यू–१८ आइटीएफ सर्किट–२ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन्। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा गेनीले भारतका उदयवीर सिंहमाथि संघर्षपूर्ण जित निकाले । उनले सिंहलाई ६–३, ५–७ र ७–६ को कठिन सेटमा पराजित गर्दै उपाधि कब्जा गरेका हुन्। महिला एकलमा भारतका सिंग्लाले चाइनाका ले यु लियुलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । एकलतर्पmका विजेताले आइटीएफको ३०/३० अंक तथा उपविजेताले १८/१८ अंक प्राप्त गरे। प्रतियोगितामा पुरुष डबल्सतर्फ जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले प्रथम…

पोखरा म्याराथनमा ५ हजार जना दौडने

rss रासस
फागुन ५, २०७५
पोखरा म्याराथनमा ५ हजार जना दौडने
पोखरा, ४ फागुन । १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथनमा ५ हजार धावकले भाग लिने भएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व खेलाडी मञ्च अध्यक्ष तेज गुरुङले सो जानकारी दिएका हुन् । पोखरा रंगशालाबाट फागुन ७ गते बिहान ६:३० बजे शुरु हुने प्रतियोगितामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सगरमाथा आरोही तेञ्जिङ नोर्गे र अन्तराष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिथति रहने अध्यक्ष गुरुङले जानकारी दिए । त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता वुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, भलिबल खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत सहभागिता जनाउन पोखरा आइसकेका छन् । प्रतियोगितामा गण्डकी…

पुरुष तथा महिला डबल्सको फाइनल आज

यु–१८ आइटीएफ टेनिस

एजेन्सी
फागुन ३, २०७५
पुरुष तथा महिला डबल्सको फाइनल आज
पोखरा, २ फागुन । यू–१८ आइटीएफ टेनिस प्रतियोगिताअन्तर्गत विहीवार एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न भए । अन्तराष्ट्रिय टेनिस महासंघ आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगितामा महिला डबल्सतर्फ जुवान इ ली र ली स्िन लिनको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै चाइनाकै ले इ लियु र इटोङ झाङको जोडी फाइनलमा प्रवेश गरेका छन्। अर्को सेमिफाइनलमा चाइनाका युजुन लुओ र जियु झाङले जित हाँसिल गर्दै फाइनल पुगे । उनीहरुले चाइनाकै क्ङिलिङ झाङ र जिछुअन जेङको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। पुरुष एकलतर्फ क्वाटरफाइनलमा जापानका जेनी इनोले मलेशियाका जियान क्योङलाई ६–०, ६–०, भारतका उदयवीर…

पोखरा म्याराथन तयारी तीव्र

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
पोखरा म्याराथन तयारी तीव्र
पोखरा, २ फागुन। १३ औं सफल अन्तराष्ट्रिय पोखरा म्याराथन सफल पार्न तयारी तीव्र पारिएको  छ। आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिता सफल पार्न २६ उपसमिति गठन गरी तयारी तीव्र पारेको बताए। गुरुङले ३ सय ५७ वटा संघ–संस्थासंग समन्वय गरी तयारी तीव्र पारिएको जानकारी दिए । म्याराथन दौडले पोखराका १७ वडालाई  समेटेको र ती वडाको अध्यक्षहरुले समेत दौडलाई सहयोग गरेको उनले बताए। दौडमा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकले सहभागिता जनाउने छन्। ४२ किलोमिटर दुरीलाई १२ भागमा विभाजन गरी एम्बुलेन्स सहितको स्वयंसेवकको व्यवस्था समेत गरिएको छ। मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले यसपटक प्रविधिमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए। प्रतियोगिताबारे…

खैरेनीटार बजार इकाइ विजयी

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
खैरेनीटार बजार इकाइ विजयी
खैरेनीटार, २ फागुन। कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा खैरेनीटार बजार इकाइ प्रथम भएको छ । खैरेनीटार बजार इकाइ र होटल व्यवसायी संघ तनहुँबीच भएको फाइनलमा खैरेनीटार बजार इकाइ ३–२ गोलअन्तरले विजयी भएको हो । विजेता टिमले प्रमाणपत्र साथ खसी पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले प्रमाणपत्रका साथ बोका पुरस्कार प्राप्त गरेको छ। आयोजक संघका अध्यक्ष चिरञ्जीवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बर्मकुमार श्रेष्ठ र सञ्चालन महासचिव जोशिला थापाले गरेकी थिइन्। ५ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि समाजसेवी शेरबहादुर श्रेष्ठले रेफ्री विनोदकुमार श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो।

रियल म्याड्रिडले पायो भिएआरको फाइदा, अजाक्सलाई २–१ ले जित्यो

एजेन्सी
फागुन २, २०७५
रियल म्याड्रिडले पायो भिएआरको फाइदा, अजाक्सलाई २–१ ले जित्यो
म्याड्रिड, २ फागुन । पछिल्ला तीन सिजनको च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ ले हराएको हो । उसको यो जितमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) सहायक बन्यो । अवे मैदानमा खेलिरहेको युरोपीयन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अजाक्सका लागि निकोलास ताग्लिएफिकोले गरेको गोलले मान्यता नपाएपछि नतीजा रियलको पक्षमा गएको हो। निकोलासले खेलको पहिलो हाफमा गरेको गोललाई भिएआरले मान्यता दिएन।रियलका लागि पहिले गोल खेलको ६० औं मिनेटमा करिम बेन्जिमाले गरेका थिए। यसैगरी रियलका लागि दोश्रो गोल मार्को एसेन्सिओले खेलको ८७ औं मिनेटमा गरे। पहिलो हाफ बराबारी भएको खेलमा अजाक्सले ७५ औं मिनेटमा…

पोखरा म्याराथनको तयारी तीव्र

आदर्श समाज सम्वाददाता
फागुन २, २०७५
पोखरा म्याराथनको तयारी तीव्र
पोखरा, २ फागुन । पोखरामा पाँचदिनपछि हुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन सफल पार्न तयारी तीव्र पारिएको छ । आयोजक संस्था भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले प्रतियोगिता सफलपार्न २६ उपसमिति गठनगरी तयारी तिव्र पारेको वताए । गुरुङका अनुसार ३ सय ५७ वटा संघ–संस्थासंग समन्वय गरी तयारी तीव्र पारिएको हो । म्याराथन दौडले पोखरका १७ वडालाई समेटेको छ, भने ती वडाको अध्यक्षहरुले समेत दौडलाई सहयोग गरेको वताए । दौडमा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकले सहभागिता जनाउने छन् । ४२ किलोमिटर दुरीलाई १२ भागमा विभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको व्यवस्था समेत गरिएको छ । मञ्चका संस्थापक अध्यक्ष…