तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०८१
football lamjung 1

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ ।

फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै तनहुँले उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पाएको छ । उपविजेताले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र जनही मेडल पायो । विजेता क्लब घलेगाउँको फुटबल प्रतियोगितामा पहिलो पटक भाग लिएको थियो ।

उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ

क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँको स्वर्गभूमि रंगशालामा सञ्चालन भएको प्रतियोगिताको फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ४ मिनेट नबित्दै फ्रेन्डसीपका विक्की चाम्लिङ राईले गोल गर्न सफल भए । त्यसपछि २३ औं मिनेटमा भुइँखेलका रिचर्ड विल्सनले गोल गरी खेल बराबरीमा ल्याए । गोलको खुसीयालीमा जर्सी फुकालेर नाचेका उनी दोहोरो एल्लो कार्डका कारण मैदानबाट बाहिरिन पुगेका थिए । खेल १–१ को बराबरीमा टुंगिएपछि १५ मिनेट समय थप गरिएको थियो । सो समयमा पनि कुनै पक्षबाट गोल भएन । र, टाइब्रेकरमा पुगेको थियो ।

फ्रेन्डसीपका अबायोमी सर्वाधिक गोलकर्ता बने । उनले खेल अवधिभर सर्वाधिक ७ गोल गर । भुइँखेलका अमीत तामाङ सर्वोत्कृष्ट खोलाडी घोषित भए । ती दुवै जनालाई जनही १०÷१० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको आयोजक घलेगाउँ पर्यटन व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको हो ।’

विजयी खेलाडीहरूलाई भानु नगरपालिका तनहुँ प्रमुख आनन्दराज त्रिपाठी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, सोही वडाका अध्यक्ष आशवीर गुरुङलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेको तिजे उत्तरकन्या स्पोर्टस्का निर्देशक नवराज घलेले बताए ।

क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँस्थित पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले १ वैशाखदेखि सञ्चालन गरिएको सो प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । प्रतियोगिताको गण्डकी प्रदेशमा प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको मेला आयोजक समिति संयोजक गंगाबहादुर घलेले बताए । प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन पर्यटन समिति सचिव उमलबहादुर विकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width