स्याङ्जा । सातसय कोल्मा बहाकोट सम्पर्कमञ्चद्वारा आयोजित चौथो संस्करणको क्रसकन्ट्री अन्तर्गत दौड प्रतियोगिताको उपाधि गोपाल तामाङले जितेका छन् । प्रतियोगितामा २५, १० र ५ किलोमिटरका छुट्टाछुट्टै ३ खेल भएका थिए ।पुतलीबजार नगरपालिका ९ कोल्मामा शनिबार सम्पन्न २५ किलोमिटर खुला दौड प्रतियोगितामा तामाङले १ घन्टा ३१ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।
गोरखाका संजय श्रेष्ठले १ घन्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै दोस्रो बने भने हुम्लाका सुशील जोशीले १ घन्टा ३४ मिनेट २ सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेका छन् । उनीहरुले क्रमश ः ५० हजार, ४० हजार र ३० हजार पारे ।
२१ वर्षमुनि १० किमिमा सनम गुरुङ (तनहुँ) प्रथम भएका छन् । उनले ४१ मिनेट १६ सेकेन्डमा निर्धारित दुरी पार गरी उपाधि जिते । द्वितीय र तृतीय हुनेमा पोखराका तेन्जोन रोका र मनोज रोका छन् । उनीहरुले क्रमश ः ४२ मिनेट ४३ सेकेण्ड र ४२ मिनेट ५५ सेकेण्डमा दुरी पार गरेका हुन् ।
उपाधि विजेता, दित्तीय र तृतीय हुनेले नगद २० हजार, १५ हजार, १० हजारसहित कप, मेडल र ट्रफी पाएका छन् । यसैगरी, महिलातर्फको ५ किमीमा राममाया बुढा (जुम्ला) ले २१ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै पहिलो भएकी छन् ।
सुस्मिता चौधरी (दाङ) ले २३ मिनेट १६ सेकेण्ड र तृतीय नितु तामाङ (पोखरा) ले २५ मिनेट ३७ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । उपाधि विजेता बुढाले १५ हजार, चौधरीले १० हजार र तामाङले ५ हजार नगदसहित कप, ट्रफी, मेडल पाएका छन् । प्रतियोगितामा ११ वर्षीया एन्जिला जिटी देखि ५८ वर्षीय गोपाल नेपाली सहभागी थिए ।
विजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री सुशीला सिम्खडा, पूर्वमन्त्रीद्वय मेखलाल श्रेष्ठ र दीपक चर्तिमगर, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, पूवं सांसद मिनप्रसाद गुरुङ, कार्यक्रम संयोजक जीतबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
दौड प्रतियोगितामा देशभरका ३२ महिलासहित १ सय ३४ जना धावक सहभागी थिए । कोल्माबाट सुरु भएको दौड काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हँुदै पुनः कोल्मा आएर टुंगिएको महासचिव जीवन पोखरेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पलेशालाई पोखरामा सम्मान गरिने
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१