वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

आदर्श समाज सम्वाददाता
वैशाख १, २०८१
president cup

लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको खेलकुद विकास समिति आयोजनामा भुजुङको पन्क्यु खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा ३ लाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै टिमले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेताले ७५ हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी, महिलातर्फको उपाधि वडा ६ पसगाउँले जितेको छ । वडा ४ लाई सडन डेथको शिकार बनाउँदै उपाधिसहित ५० हजार जितेको हो । उपविजेताले २५ हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
यस्तै,पुरूष भलिबल प्रतियोगिताको उपाधि वडा १ ले हात पारेको छ । उपाधिसँगै वडा १ ले ४० हजार पायो । उपविजेता वडा ९ ले २० हजार पायो ।

म्याराथनमा वडा ६ का अशोक विक प्रथम भए । वडा ४ का भीमबहादुर गुरूङ द्वितीय तथा वडा ४ का सुजन गुरूङ तृतीय भए । दौड घलेगाँउबाट भुजुङसम्म ५ किमी दुरीमा भएको थियो । उनीहरूलाई क्रमश १०, ७, ५ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा वडाबाट १÷१ टिमका दरले भाग लिएको खेलकुद संयोजक गुरुङले जानकारी दिए । विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ, उपाध्यक्ष कमिमाया गुरूङ र गाँउपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष नवराज गुरूङले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width