टाइगर कपमा पुरुषतर्फ गण्डकी र टिप टप हेल्प नेपालबीच उपाधि भिडन्त

आदर्श समाज सम्वाददाता
माघ ५, २०८०
419998310_903779207718251_8132645927398864825_n

पोखरा । डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब चौथो टाइगर कप भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा गण्डकीले विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेट ३–० मा हराउँदै फाइनल पुगेको हो । एपीएफलाई दबाबमा राख्दै २५–१७, २५–२० र २५– २२ मा पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा विदेशी टिम श्रीलंका आर्मीलाई ३–१ सेटमा हराउँदै हेल्प नेपाल स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट १८–२५ मा गुमाए पनि पछिल्ला सेट २५–१४, २५–१८ र २६–२४ मा जितेको थियो ।

महिलातर्फ तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विभागीय त्रिभुवन आर्मी क्लब विजयी भयो ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अनुसार शनिबार महिला तथा पुरुष दुवैको फाइनल हुनेछ । महिलातर्फ बिहान ११ र पुरुषतर्फ दिउँसो १ बजे फाइनल हुनेछ।

फाइनलअघि पुरुषतर्फ तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने आयोजक क्लब अध्यक्ष नारायण शर्माले बताए । दुवैतर्फ १२ टिमले भाग लिएको प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width