पोखरा अन्तर्राष्ट्रिय म्याराथन: ह्विलचेयर दौडमा गौली र कुमाल प्रथम

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
marathan (1)

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करण अन्तर्गत शनिबार अपांगता तर्फका दौड भएका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विलचेयर पुरुषतर्फको १८ सय मिटर दौडमा सुरेशकुमार गौली पहिलो भए । गौलीले ७ मिनेट ४१.३ सेकेन्डमा निर्धारित दुरी पार गरे । यस्तै दोस्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेन्डमा दौड पूरा गर्दा तेस्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेन्डमा पार गरे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको ह्विलचेयर दौड काठमाडांैकी ऐश्वर्यकुमारी कुमालले जितेकी छन् । उनले १ हजार मिटरको दौड ४ मिनेट ९.८ सकेन्डमा पार गरिन् । यसैगरी काठमाडांैकै पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पूरा गरी दोस्रो भइन् पोखराकी अञ्जु बराल ६ मिनेट ४४.५ सेकेन्डमा दुरी पार गरी तेस्रो भइन् ।

पुरुष सय मिटर दृष्टिविहीन दौडमा आशिक खड्गी प्रथम भए । वीरेन्द्र लामिछाने दोस्रो हुँदा टुल्का डाँगी तेस्रो भए । प्रमोद दाहाल र सुशील गोदारले सान्त्वना पाए ।
महिला सय मिटर दृष्टिविहीन दौडमा विनीता पुन पहिलो हुँदा सिर्जना परियार दोस्रो भइन् । माया गौतम तेस्रो, पुर्णिमा गुरुङ चौथो र मोनिका थापा पाँचांै भए ।

विजेता ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश जनही नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । दृष्टिविहीन पहिलो, दोस्रो तथा तेस्रो र सान्त्वना भएका दृष्टिविहीन महिला÷पुरुष खेलाडीहरुलाई सेतो छडी प्रदान गरिएको थियो । ह्विल चेयरतर्फ पहिलो दोस्रो र तेस्रो भएका महिला र पुरुष खेलाडीहरुलाई रोटरी क्लब ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथि सन्तोषबल्लभ पौडेल, प्रतियोगिताका प्रायोजक दुर्गा गुरुङ (युके), मेजर लक्ष्मीप्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लबका एजी पुरन कुँवर, डायमन्ड वुद्धिस्ट युकेका अध्यक्ष योगेश गुरुङ, सिबिआरएसका कार्यालय व्यवस्थापक कृष्ण लामिछाने, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलगायतले मेडल, नगद, प्रमाणपत्र तथा सेतो छडी प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width