आर्मी पाँचौं पल्ट फाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १८, २०८०
Army

पोखरा। विभागीय त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फेरि फाइनल प्रवेश छ ।

२३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । यसअघि ४ पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित आर्मीले शनिबार थ्रिस्टारको सामना गर्नेछ ।

बिहीबार निर्धारित ९० मिनेटको खेलमा पछिल्लो ५ मिनेट सम्हालिन नसक्दा आर्मीले जितका लागि अतिरिक्त समय कुर्नुपरेको थियो । ६१ औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले आर्मीका लागि गोलको खाता खोलेका थिए । दोस्रो गोल रासबहादुर मगरले ९९ औं मिनेटमा गर्न सके ।

त्यसअघि, ८५ औं मिनेटमा समीर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्किएको थियो ।

आर्मीले २०६० सालदेखि जारी संस्करणसम्म १५ औं पटक आहारारा खेलिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width