तनहुँको घिरिङमा आयोजित पर्रवतीय दौडमा आर्मीको वर्चश्व

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
ghiring running

पोखरा ।  तनहुँको घिरिङमा आयोजित पर्वतीय दौड प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबका धावकले वर्चश्व कायम गरेका छन् । प्रतियोगितामा आर्मीका नरेन्द्रसिं रावत प्रथम भए । निर्धारित दुरी ५० मिनेट ३७ सेकेन्डमा पूरा गरी उनी प्रथम भएका हुन् ।

यस्तै, ५० मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर आर्मीकै सुवास कार्की दोस्रो र ५२ मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै आर्मीकै राजन म्याङ्वा तेस्रो भए । उनीहरुले क्रमशः ४०, २० र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको प्रतियोगितामा ७४ जना धावकले भाग लिएका थिए । सान्त्वना हुने ७ जनालाई जनही ३ हजार दरले पुरस्कृत गरियो । यसैगरी घिरिङभित्र वडा ३ का दशरथ आले प्रथम, वडा ५ का तीलबहादुर थापा दोस्रो र वडा ३ का विशाल थापा तेस्रो भए । उनीहरुले जनही ३ हजार प्राप्त गरेका छन् ।
तनहुँको दक्षिण भेगमा पर्ने स्याङ्जा, पाल्पा र नवलपुरको सिमाना घिरिङ गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता आयोजना गरिएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ मूल नारासहित आयोजित दौडको विशेष सहयोगी गाउँपालिका थियो । वडा ३ रानीपोखरीबाट सुरु दौडाके गाउँपालिका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका हुन् । धावक मानपुर पुगेर १५ किमीको दौड पूरा गरेका हुन् ।

समापन घिरिङ बहुउद्देश्यीय सहकारी अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा मगरले विजेतालाई पुरस्कार हस्तान्तरण गर्दै स्वास्थ्यको लागि खेल अपरिहार्य रहेको बताइन् । उनले बहुभाषिक, बहुसांस्कृतिक र प्राकृतिकरुपमा भरिपूण घिरिङ पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना बोकेको गाउँ भएको बताइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रदेश खेलकुद परिषद गण्डकीकी कार्यकारिणी सदस्य तारा थापा मगर, घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना लगायतले बोलेका थिए । कार्यक्रम संचालन नवराज श्रेष्ठ र स्वागत हुम आलेले गरेका थिए । सो अवसरमा कौरा नृत्य र पन्चेबाजा तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width