कास्की फेन्सिङ संघमा अमृत

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
fencing

पोखरा । कास्की फेन्सिङ संघ अध्यक्षमा अमृत पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार प्रथम अधिवेशन तथा साधारणसभाले पोखरेललाई अध्यक्षमा सर्वसम्मत् निर्वाचित गरेको हो ।

संघ उपाध्यक्षमा चिजा पुन, सचिव केशव नेपाल र कोषाध्यक्ष दुर्गा थपलिया तिमिल्सिना चयन भए । कार्यसमिति सदस्य सूर्यप्रसाद पोखरेल, रमेश बास्तोला, मुगा आचार्य र रन्जु बराल छन् ।

यसअघि अधिवेशन तथा साधारणसभा उद्घाटन जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँले गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश फेन्सिङ संघ अध्यक्ष विजय शाही, गण्डकी प्रदेश फेन्सिङ संघ सदस्य शिव शर्मा पौडेल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले समेत शुभकामना व्यक्त गरेका थिए । गण्डकी प्रदेश फेन्सिङ संघका सदस्य शिव शर्मा, महेश पौडेल, मनीषा गुभाजु लगायत सहभागी थिए । कार्यक्रम सञ्चालन कास्की फेन्सिङ संघ सचिव केशव नेपालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width