नेपाल पर्यटन बोर्ड पोखरा स्पोर्टस् अवार्डको प्रवर्द्धक

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
431302335_380741308089159_3213834298782238407_n

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवर्द्धक रहने गरी सम्झौता भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी २१ वैशाखमा पोखरा सभागृहमा स्पोर्टस् अवार्ड गर्दैछ । बुधबार मञ्चतर्फबाट अध्यक्ष दीननाथ बराल र बोर्डतर्फबाट नि.प्रमुख नवीन पोखरेल, वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा मञ्च सदस्य रोहितराज पराजुलीसमेत उपस्थित थिए ।

सो अवसरमा बोर्डका नि.प्रमुख नवीन पोखरेलले गण्डकी प्रदेशको खेल पर्यटन प्रवर्द्धक गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको बताए । सहयोगप्रति आयोजक मञ्च अध्यक्ष बरालले आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको बताए।

मझेरी रिसोर्ट एण्ड स्पाले होटल पाटर्नर रहने भएको छ । राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्टस् लगायत संघसंस्थाले सहयोग गर्ने सम्झौता भइसकेको मञ्चले जनायो ।

समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड दिइने मञ्च महासचिव राजाराम पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width