अन्नपूर्ण म्याराथन उपाधि हुम्लाका धीरबहादुर र गणनालाई

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८०
Annapurna Marathan Winner Photo 1

पोखरा। जुम्लाका धीरबहादुर बुढा र गणना भण्डारीले अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा भएको तेस्रो संस्करणको म्याराथनमा पुरुषतर्फ धीरबहादुर र महिलातर्फ गणना विजयी बनेका हुन् ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा आयोजित म्याराथनमा जुम्लाका धावक धीरबहादुरले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते । नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । आर्मीकै वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थानमा प्राप्त गरे ।

महिलातर्फको म्याराथन जुम्लाकी गणना भण्डारीले उपाधि जिते । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारिन् । धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा र ओखलढुंगाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुषतर्फ पहिलोले उपाधिसहित १ लाख ५० हजार प्राप्त गरे । दोस्रो र तेस्रोले क्रमशः १ लाख र ७५ हजार प्राप्त गरे । महिलातर्फ प्रथमले उपाधिसहित ७५ हजार, दोस्रोले ५० र तेस्राले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार रुपनारायण ढकाल र सन्तोष पोखरेल सम्मानित

अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिएको कार्यक्रम संयोजक ललित गुरुङले बता । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रुपमा मनाइन्छ ।

दिवस अवसरमा आयोजित अन्नपूर्ण सेन्चुरी महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम गरियो ।

गाउँस्तरीय पुरुष भलिबलको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ । शनिबार फाइनलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधि विजेता ठकुरी समाजले ८० हजार र उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरे । पुरुष भलिबलमा १३ टिमले भाग लिएका हुन् ।
बास्केटबलको उपाधि मर्दीखोलाले जितेको छ । फाइनलमा मर्दीखोलाले छोम्रोङ ब्रदर्शलाई पराजित गर्दै मर्दीखोलाले उपाधिसहित ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । छोम्रोङले ५० हजार पायो ।

ठेलो प्रतियोगितामा सञ्जुविक्रम शाह प्रथम हुँदै ५ हजार र द्वितीय नगेन्द्र गुरुङले ३ हजार रुपैयाँ प्राप्त गरे । यसैबीच, २५ हजार राशिको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार रुपनारायण ढकाल र सन्तोष पोखरेल सम्मानित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width