मादीको स्थापना दिवसमा भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
madi

पोखरा । कास्कीको मादीमा प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित प्रतियोगिता यही फागुन २७, २८ र २९ मा हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि गण्डकीका सबै पालिकालाई पत्राचार गरिएको छ । प्रतियोगी टिममा प्रदेशवासी बाहेक अन्य समावेस गर्न नपाइने गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । ‘टिममा पूरै खेलाडी राष्ट्रियस्तरका भए पनि केही फरक पदैर्न, तर पालिकावासी हुन अनिवार्य छ,’ उनले भने ।

प्रतियोगिता विजेताले ३ लाख, उपविजेताले २ लाख, तृतीय हुनेले १ र सान्त्वना स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागतरुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

यस अवसरमा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिवल, पालिकाभित्रका विद्यालयका शिक्षकहरुबीच हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ ।

हाजिरीजवाफमा प्रथम हुने टिमले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरी पालिका भित्रका उत्कृष्ट शिक्षक, कर्मचारी, स्वयंसेविका, कृषक, सहकारी, उपभोक्ता समिति, टोल सुधार समितिका साथै महत्वपूर्ण व्यक्तित्वलाई नगदसहित सम्मान गरिने उनले बताए ।

साथै पालिका भित्रका ज्येष्ठ नागरिकमध्येबाट ग्राम पिता र माता सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।

सो अवसरमा प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रचलित सांस्कृति झाँकी प्रदर्शन, स्थानीय कलाकारद्वारा स्वागत गीत र जनप्रतिनिधिबाट नृत्य प्रस्तुत हुनेछ ।

पालिकाको मुख्य आधार पर्यटन र संस्कृतिको प्रचार प्रसार गर्न, स्थानीय तहबाट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन र तयार गर्न प्रतियोगिता कोसेढुंंगा सावित हुने अध्यक्ष गुरुङको विश्वास छ ।

प्रतियोगिताका खेलहरु याङ्जाकोटमै हुनेछ । स्थानीय मिलन युवा क्लबले सहआयोजकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width