पोखरा, १६ चैत । पोखरा महानगरपालिकाले कास्की प्रहरीको सहयोगमा पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई उद्धार गरेको छ ।
कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि कास्की प्रहरीको सहयोगमा महानगरले उद्धार गरेको हो । शनिबार उद्धार गरी उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्डे«न नेपालको भवनमा राखिएको छ ।
महानगरपालिका प्रमुख मानबहादु जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धुव्रकुमार पोखरेलसहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई त्यहाँ राख्ने व्यवस्था मिलाएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । महानगरले करिब १० दिनलाई पुग्ने खाद्यान्न साथै बसोबासको लागि आवश्यक बेडको पनि व्यवस्था मिलाएको पौडेलले बताए ।
कोरोना संक्रमणबाट बचाउनको साथै उनीहरुलाई परामर्श दिएर समाजमा पुर्नस्थापित गर्ने गरी महानगरले सडक बालबालिकालाई उद्धार गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उद्धार गरिएका बालबालिकाका अभिभावक वा आफन्तको खोजी गरी उनीहरुलाई परिवारको जिम्मा लगाउने र परिवारको पत्ता नलागेकालाई कसरी समाजमा पुर्नस्थापित गर्न सकिन्छ त्यसतर्फ महानगरले काम गर्ने जिसीको भनाइ छ । ती बालबालिकालाई नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिनेछन् ।
उपप्रमुख मञ्जुदेवी गुरुङले चिल्डे«न नेपालको भवनमा राखिएका बालबालिकालाई उचित परामर्श दिएर उनीहरुलाई समाजमा घुलमिल गराउन महानगरले पहल गर्ने बताइन् । महानगरले पनि उनीहरुलाई परामर्श दिनको लागि परामर्शदाता व्यवस्था गर्ने उनको भनाइ छ ।बालबालिकाको रेखदेखको लागि चिल्डे«न नेपालले पनि २ जनालाई खटाएको छ भने संस्थाको तर्फबाट उनीहरुलाई परामर्श दिइने चिल्डे«न नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
लेबाडे पुगेका केही बालक निकै खुसी देखिन्थे भने उनीहरुले जाम खुलेपछि आफू घर गएर पून यही आएर बस्ने बताएका छन् । ‘म, जाम खुलेपछि घर गएर आउँछु है, मलाइ घरमा लगिदिनु,‘ एक बालकले भने,‘घर गएर म, फेरि यही बस्न आउने हो, मोटाए पछि मात्र घर जान्छु अब सडकमा बस्दिन ।’ महानगरपालिकाले उनीहरुलाई सरसफाइको साथै स्वास्थ्य जाँचको पनि व्यवस्था मिलाउने स्वास्थ्य महाशाखाका अधिकृत फूलदेव तिमिल्सिनाले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१