कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् ।
होटल एसोशिएशन अफ नेपाल (हान) ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भन्नुभयो, ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’
आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै ट्रेड युनियनबीच भएको सहमतिमा होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाउने भएको छ । सहमतिअनुसार हाललाई कर्मचारीहरुले प्राप्त गर्ने सञ्चित बिदा तथा सञ्चित बिदा नभएमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कोरोनाले परेको प्रभावबाट होटल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव तथा क्षतिको विषयमा हान र ट्रेड युनियनहरुको प्रतिनिधिसहितको संयुक्त प्रतिनिधिहरुले सरकार तथा सम्बन्धित निकायमा होटल तथा होटलमा कार्यरत श्रमिकहरुको लागि आवश्यक पर्ने राहत र सुविधाको विषयमा संयुक्तरुपमा अनुरोध गर्ने सहमति भएको उपाध्यक्ष शाहको भनाइ छ ।
तारे होटलका अत्यावश्यक सेवा यथावत
कोभिड—१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि देशभर लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका होटल क्षेत्र पनि बन्द छन् । राजधानी काठमाडौँ उपत्यकाका पर्यटकीय होटलदेखि तारे होटलले अत्यावश्यक सेवा दिइरहेका छन् ।
सरकारको निर्णय अनुरुप आजबाट लकडाउन भएपनि काठमाडौँका कतिपय तारे होटलले न्यूनतम सेवा उपलब्ध गराइरहेको हानले जनाएको छ । होटलमा रहेका पाहुनालाई न्यूनतम कर्मचारी व्यवस्थापन गरी सेवा दिइरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । “भएका पाहुनालाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो, त्यो पुरा गरेका छौँ, अत्यावश्यक सेवाका पाहुना पर्यटकलाई विशेष अनुमति लिएर होटलसम्म आवतजावत गर्ने व्यवस्था पनि मिलाएका छौँ”, उहाँले भन्नुभयो ।
अहिले विशेषगरी अन्तरराष्ट्रिय एयरलायन्सका कर्मचारीलगायत तारे होटलमा बसेका छन् । उनीहरु समान्य अवस्थामा पनि होटलमा बस्नुपर्ने हुन्छ । त्यसबाहेकका केही पर्यटक मात्रै होटलमा छन् । हानका सदस्य होटलमा कमभन्दा कम जनशक्ति व्यवस्थापन गरी सेवा दिने व्यवस्था मिलाइएको छ । लकडाउनको अवज्ञा नहुने गरी होटलको अत्यावश्यक सेवा सञ्चालनमा रहेको हानले जनाएको छ ।
देश पूरै लकडाउन भएपछि स्वभाविक रुपमा होटल बन्द हुन्छन् । मानवीय भावले भएका पाहुनाको सेवा गर्नु कर्तव्य भएकाले आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको उपाध्यक्ष शाहको भनाइ छ । यसअघि मुलुक लकडाउन नभएको अवस्थामा हानले अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय लिएको थियो ।
होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाइएको हानले जनाएको छ । हानको केन्द्रमा ३५० र देशभरका १५ वटा क्षेत्रीय च्याप्टरमा आवद्ध गरी करिब तीन हजार पर्यटकस्तरीयदेखि पाँचतारे होटल छन्।
(सिबी अधिकारी / रासस)
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१