पोखरा ।लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीद्वारा आयोजित तीनमहिने विद्युत् जडानसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । तालिममा सहभागी ३० जना प्रशिक्षार्थीलाई पोखरामा बिहीबार प्रमाणपत्र वितरण गरियो ।
पोखरा १७ का सदस्य एवं पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले प्रमाणपत्र वितरण गर्दै तालिमले आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताइन् । एकता इलेक्ट्रोनिक्स एशोसिएसन कास्की अध्यक्ष तथा प्रशिक्षक विष्णुप्रसाद ढकालले सिकेको सीप सदुपयोग गर्दै आयआर्जनका क्षेत्रमा लाग्न आग्रह गरे । रिजन चेयरपर्सन तथा क्लबका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले तालिमका उत्कृष्ट १० जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरिन् ।
क्लब अध्यक्ष सावित्रा पौडेलले क्लबको सामाजिक उत्तरदायित्वअन्तर्गत सो तालिम कार्यक्रम गरिएको बताइन् ।कार्यक्रममा कमिटी चेयरपर्सन गोपाल थापा, डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, फेवा बेगनास चौतारीका अध्यक्ष टंक ढकाल, क्लबका प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल, द्वितीय उपाध्यक्ष गीता पराजुली, तृतीय उपाध्यक्ष कल्पना अर्याल, क्लब सचिव प्रतिमा शर्मा आचार्यले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१