लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
lc adarsha chautari

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार भएको निर्वाचन कार्यक्रममा प्रथम उपाध्यक्षमा नारायणबहादुर थापा, द्वितीय उपाध्यक्षमा भगवान श्रेष्ठ, तृतीय उपाध्यक्षमा दीपकप्रसाद घिमिरे चयन भएका छन् ।

सचिवमा सूर्यबहादुर राना, कोषाध्यक्ष नारायणप्रसाद लामिछाने, सहसचिवमा दीपककुमार गुरुङ र सहकोषाध्यक्ष मा शंकर कार्की चयन भएका छन् ।

क्लबको प्रशासकमा पूर्व अध्यक्ष वसन्तराज कोइराला, मेम्बरसिप चियर पर्सन अमृत भण्डारी, एलसिआइएफ कोर्डिनेटर सविन गौतम, सर्भिस चियरपर्सन महेन्द्र कुँवर मार्केटिङ चेयरपर्सन असिभजंग कार्की छन् ।

क्लबका निवर्तमान अध्यक्ष रुकबहादुर गुरुङको संयोजकत्वमा भएको निर्वाचन कार्यक्रम २०२३/२४ का अध्यक्ष दामोदर आचार्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा सस्थापक अध्यक्ष वासुदेव कोइराला, जोन चियरपर्सन रुकबहादुर गुरुङ, पूर्व अध्यक्ष दयाशंकर गौतम, भरतराज सिग्देल लगायतले नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचित अध्यक्ष पोखरेलबाट आफ्नो भावी योजनासहितको संस्थागत प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width