३२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
blood donation

पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको कार्यक्रम सहसंयोजक लायन्स अर्पणकी अध्यक्ष उर्मिला बस्नेतले जनाइन् ।

पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले पहिलो रक्तदाता नवीन भण्डारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सहकारीको सामाजिक दायित्व र लायन्स क्लबको समाज सेवाबाट गरिने काम उल्लेखनीय पुण्यको कार्य भएको विचार व्यक्त गरे ।

सहकारी अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता भएको कार्यक्रममा ब्लड डोनेसन एडिसनल डिस्ट्रिक्ट को–अर्डिनेटर सन्तोष श्रेष्ठ, संयोजक गोविन्द चापागाईं, प्राविधिक महेन्द्र केसी लगायतले रगत र रक्तदानको महत्वबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत आदर्श अध्यक्ष विष्णु गौतम र सञ्चालन अर्पणकि पूर्व अध्यक्ष हिरा भण्डारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width

Recent Posts