सेन्ट्रल गार्डनको अन्तर्क्रिया

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
Garden News (4)

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित उद्घोषण, नेतृत्व विकास, भाषणकला, प्रतिवेदन लेखन र आधारभूत कम्प्युटर तालिमका विद्यार्थीसँग सिकाइ उपलब्धिबारे अन्तक्र्रिया गरेको हो ।

क्लब संस्थापक अध्यक्ष हरि भाटले क्लबले हरेक वर्ष पढाऔं अभियान अन्तर्गत २ लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले क्लबले स्थापनाकालदेखि पढाऔं अभियान अक्षयकोष स्थापना गरी हरेक वर्ष एसएलसी दिएका सीमान्तकृत समुदायका छोराछोरीलाई निशुल्क नेतृत्व विकासका साथै आधारभूत कम्प्युटर सहितका प्राविधिक सञ्चालन गर्दै आएको बताए ।

गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सिकाइमा अभ्यास जति धेरै उति निखारता आउने भएकाले धेरैभन्दा धेरै अभ्यासमा केन्द्रित रहन सुझाव दिए । उनले सिकेको सीपको व्यावहारिक जीवनमा सही प्रयोग नहुँदा सिकाइको अर्थ नहुने भएकाले विद्यार्थीलाई हरेक गतिविधिमा सक्रिय सहभागी हुन आग्रहसमेत गरे ।
लायन वर्ष २०२२÷२३ अध्यक्ष तुल रानाभाटले क्लबले व्यक्तित्व र नेतृत्व विकास तालिम सामुदायिक विद्यालयका सबै भाइबहिनीका लागि निशुल्क सञ्चालन गरे तापनि आरक्षण कोटामा सञ्चालित कम्प्युटर तालिममा आगामी वर्षदेखि पुनर्विचार गरेर अगाडि बढ्ने बताए । तालिमका प्रशिक्षक असफल गौतमले क्लबप्रति धन्यवाद ज्ञापन गरे ।
अन्तक्र्रियामा विद्यार्थी शुभेच्छा ढकालले तालिमले धेरै व्यावहारिक र प्राविधिक ज्ञान आर्जन भएको बताइन् ।

सम्बोधी बज्राचार्यले कम्प्युटर सीपसहित व्यक्तित्व विकास तालिमले विद्यार्थीलाई एसएलसीपछिको प्रवेश परीक्षा पास गर्न पनि सहयोगी हुने बताए ।
सुजन कार्कीले क्लबको व्यावहारिक सीप र अभ्याससहितको कार्यक्रम निकै प्रभावकारी भएको बताए । स्नेहा परियार, अनिता नेपाली, युजन विक, समीक्षा सारु, सविना बुढामगर, सोनम गुरुङ लगायतले तालिमबाट आफूमा आत्मबल बढेको धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…

hero news full width

trending post

ट्रेन्डिङ्ग