चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

आदर्श समाज सम्वाददाता
असार १९, २०८१
chandi

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट र जुत्ता सहयोग गरिएको छ ।

एक लाख बराबरको ती सामग्री फेदीखोला गाउँपालिका वडा १ वडाध्यक्ष अमृत क्षत्रीले विद्यार्थीलाई हस्तान्तरण गरे । उनले सहयोगबाट विपन्न तथा जेहेनदार विद्यार्थीले पठनपाठनमा निकै सहयोग हुने अपेक्षा गरे ।

लायन्स क्लब इन्टरनेसनल ३२५ जे पूर्व गभर्नर ध्रुव श्रेष्ठले लायन्स अन्नपूर्ण दातृ संस्थासँग समन्वय गरी सहयोग पु¥याएकोमा धन्यवाद दिए । परियोजना निर्देशक सोनाम साङपोले बिनाभेदभाव लायन्सले गरेको काममा खुसी व्यक्त गरे ।

रनिमेड कजेलका विद्यार्थी जोनीले आपसमा सहकार्य पाएकोमा खुसी व्यक्त गरिन् । डिस्ट्रिक्ट चिफ अर्जुन पोखरेलले विद्यालयलाई सहयोग जुटाउन निकै पहल गरेको र सफल भएको स्मरण गरे ।

एरिया चिफ सूर्य बरालले क्लब र दातृ संस्थाले गरेको काममा आफुले सहयोग गर्ने बताए ।

प्रअ अमृतकुमार श्रेष्ठले यस किसिमको सहयोगले विद्यार्थीलाई अध्ययनमा नियमित हुने बताए । विद्यालय व्यवस्थापक समिति सदस्य खेमराज पोखरेलले विद्यार्थीलाई पोषाक र विद्यालयलाई खानेपानी टंकी सहयोग गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा महिला संघ अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति सदस्य कल्पना क्षत्री, बाल क्लब अध्यक्ष दीक्षा क्षत्री, जोन चियरपर्सन दिनेश तुलाचन, पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नारायण बाटाजू, निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, लायन्स अन्नपूर्ण अध्यक्ष गणेश छबि, क्षेत्र संयोजक अर्जुन पोखरेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…

hero news full width

trending post

ट्रेन्डिङ्ग