पोखरा । महाशिवरात्रि अवसरमा जटाशंकर धार्मिक विकास समितिद्वारा आयोजित दशौं सिलिङ्गे महाशिवरात्रि मेला सम्पन्न भएको छ । पोखरा–२६, सिलिङ्गे बगैँचामा संचालन गरिएको मेलामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
मेलाको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । कार्यक्रममा पुरुष खुला भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रुद्राभिषेक, अखण्ड रुद्री, सामूहिक ब्रतबन्ध, महाआरती, संगीतमय भजन, युवापण्डित विष्णुप्रसाद पौडेल र तारानाथ पराजुलीबाट शिव महिमा कथा प्रबचन,रात्रिकालिन दीप प्रज्वलन लगायतका कार्यक्रम भएका थिए ।
कार्यक्रममा मुरारी शर्मा, कृष्णबहादुर अधिकारी, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बाराल, वडा २६ का वडा सदस्य खड्गबहादुर रानाभाट, भगवती हाइड्रो पावर डेभलपमेण्ट कम्पनीका परियोजना निर्देशक इ. वसन्तमोहन भट्टराई, इलाका प्रशासन कार्यलयका प्रमुख चित्रांगत बराल, लगायतले आफ्नो भनाइ राखेका थिए । यस्तै, दोस्रो दिन खुला भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता सम्पन्न भएका थिए । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष लक्ष्मीदेवी भट्टराई, युवापण्डित रामप्रसाद सिग्देल तथा कार्यक्रम सञ्चालन सचिव विकास रानाभाटले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१